YouVersion लोगो
खोज आइकन

यशैया 44:1-5

यशैया 44:1-5 NNRV

“तर अब हे मेरो दास याकूब, मैले चुनेको इस्राएल, ध्‍यान लाएर सुन्, तँलाई बनाउने, तँलाई गर्भमा रच्‍ने र तँलाई गोहार गर्ने परमप्रभु यसो भन्‍नुहुन्‍छ: हे मेरो दास याकूब, मैले चुनेको यशूरून, तँ नडरा। किनकि म सुकेको जमिनमा पानी र सुक्‍खा भूमिमा खोलाहरू खन्‍याइदिनेछु। म तेरो वंशमाथि मेरो आत्‍मा खन्‍याउनेछु, र तेरो सन्‍तानलाई आशिष्‌ दिनेछु। तिनीहरू चौरमा उम्रेका घाँसजस्‍ता, बग्‍ने खोलाको नजिक उम्रेका लहरे-पीपलजस्‍ता हुनेछन्‌। कसैले भन्‍नेछ, ‘म परमप्रभुको हुँ’। अर्काले आफ्‍नो नाउँ याकूब राख्‍नेछ, अझै अर्काले आफ्‍नो हातमा ‘परमप्रभुको’ भनी लेख्‍नेछ, र आफ्‍नो नाउँ इस्राएल राख्‍नेछ।