YouVersion लोगो
खोज आइकन

यशैया 44:1-5

यशैया 44:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“तर अब हे मेरो दास याकूब, मैले चुनेको इस्राएल, ध्‍यान लाएर सुन्, तँलाई बनाउने, तँलाई गर्भमा रच्‍ने र तँलाई गोहार गर्ने परमप्रभु यसो भन्‍नुहुन्‍छ: हे मेरो दास याकूब, मैले चुनेको यशूरून, तँ नडरा। किनकि म सुकेको जमिनमा पानी र सुक्‍खा भूमिमा खोलाहरू खन्‍याइदिनेछु। म तेरो वंशमाथि मेरो आत्‍मा खन्‍याउनेछु, र तेरो सन्‍तानलाई आशिष्‌ दिनेछु। तिनीहरू चौरमा उम्रेका घाँसजस्‍ता, बग्‍ने खोलाको नजिक उम्रेका लहरे-पीपलजस्‍ता हुनेछन्‌। कसैले भन्‍नेछ, ‘म परमप्रभुको हुँ’। अर्काले आफ्‍नो नाउँ याकूब राख्‍नेछ, अझै अर्काले आफ्‍नो हातमा ‘परमप्रभुको’ भनी लेख्‍नेछ, र आफ्‍नो नाउँ इस्राएल राख्‍नेछ।

शेयर गर्नुहोस्
यशैया 44 पढ्नुहोस्

यशैया 44:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“तर अब हे मेरो सेवक याकोब, मैले चुनेको इस्राएल, ध्यानसित सुन्। तँलाई बनाउनुहुने, तँलाई गर्भमा रच्नुहुने, तँलाई सहायता गर्नुहुने याहवेह यसो भन्‍नुहुन्छ— हे याकोब, मेरो सेवक, मैले चुनेको यशूरून्, तँ नडरा! किनकि म तिर्खाएको जमिनमा पानी खन्याउनेछु, र सुक्खा भूमिमा खोलाहरू बहाउनेछु; म मेरो आत्मा तेरा सन्तानहरूमाथि खन्याउनेछु; अनि मेरा आशिष्‌हरू तेरा वंशमाथि खन्याउनेछु। तिनीहरू मैदानमा घाँस उम्रेझैँ उम्रनेछन्, बग्ने खोलाको किनारका लहरे पीपलझैँ हुनेछन्। कसैले भन्‍नेछ, ‘म याहवेहको हुँ।’ अर्कोले आफूलाई याकोबको नामद्वारा बोलाउनेछ; अझ अर्कोले आफ्नो हातमा, ‘म याहवेहको हुँ’ भनेर लेख्नेछ, र आफ्नो नाम इस्राएल राख्नेछ।

शेयर गर्नुहोस्
यशैया 44 पढ्नुहोस्

यशैया 44:1-5 पवित्र बाइबल (NERV)

“याकूब, तिमी मेरो दास हौ। मेरो कुरा होशियारी साथ सुन, इस्राएल मैले तिमीलाई छानेको छु। म जे कुरा भन्छु सुन्। म परमप्रभु हुँ अनि मैले तिमीलाई बनाएँ। म मात्र हुँ जसले तिमीलाई बनाए जो अहिले तिमी छौ। मैले तिमीलाई त्यति बेलादेखि सहयोग गरेको हुँ जब तिमी आमाको गर्भमा थियौ। मेरो दास, याकूब, नडराऊ। यशूरून (इस्राएल) मैले तिमीलाई चुनेको हुँ। “म तिर्खाएको मानिसहरूलाई पानी खन्याई दिनेछु। म सुक्खा भूमिहरूमा खोला बगाइदिनेछु। म मेरो आत्मा तिम्रा छोरा-छोरीहरूमाथि खन्याई दिनेछु, यो तिम्रो सन्तानमा बगिरहने पानीका धाराहरू जस्तै हुनेछ। तिनीहरू संसारका मानिसहरूका माझमा बढ़नेछन्। तिनीहरू खोलाहरूका छेउमा उम्रेर बढ़ने रूखहरू जस्ता हुनेछन्। “एकजनाले भन्नेछ, ‘म परमप्रभुको हुँ।’ अर्को मानिसले ‘याकूबको’ नाउँ लिनेछ। अझै अर्को मानिसले उसको नाउँ बताउनेछ? ‘म परमप्रभुको हुँ’ अनि अर्को मानिसले ‘इस्राएलको’ नाउँ प्रयोग गर्नेछ।”

शेयर गर्नुहोस्
यशैया 44 पढ्नुहोस्

यशैया 44:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभु भन्‍नुहुन्‍छ, “हे इस्राएल, मेरो सेवक र मैले रोजेको प्रजा, याकूबको सन्‍तान, अब सुन्। तँलाई सृजना गर्ने परमप्रभु म हुँ, तँ जन्‍मेको समयदेखि मैले तँलाई सहायता गरेको छु। नडरा, तँ मेरो सेवक होस्, मैले चुनेको प्रजा, जसलाई म माया गर्दछु। “तिर्खाएको जमिनलाई म पानी दिनेछु र सुख्‍खा जमिनमा खोलाहरू बहाउनेछु। म तेरा सन्‍तानमाथि मेरा आशीर्वाद र तेरा छोरा-छोरीहरूमाथि मेरो आत्‍मा खन्‍याइदिनेछु। तिनीहरू राम्ररी पानी पाएका घाँसझैँ, खोलाको नजिक उम्रेका लहरे-पीपलजस्‍ता सप्रनेछन्! “एक-एक गरी मानिसहरूले भन्‍नेछन्: ‘म परमप्रभुको हुँ।’ तिनीहरू इस्राएलका मानिसहरूसित मिल्‍न आउनेछन्। प्रत्‍येकले आफ्‍नो बाहुमा परमप्रभुको नामको चिन्‍ह लाउनेछ र आफैंलाई इस्राएल भनी नाम राख्‍नेछ।”

शेयर गर्नुहोस्
यशैया 44 पढ्नुहोस्