दुई वर्ष बितिसकेपछि मिश्रका राजाले एउटा सपना देखे। सपनामा तिनी नील नदीको किनारमा उभिरहेका थिए। त्यस बेला सातवटा मोटा र चिल्ला गाईहरू नदीबाट निस्किआए र घाँस खान लागे। त्यसपछि अरू सातवटा गाईहरू निस्के; तिनीहरू दुब्ला र हाड-छाला मात्र भएका थिए। तिनीहरू आएर नदीको किनारमा उभिरहेका पहिलेका गाईहरूसँगै उभिए र ती दुब्ला गाईहरूले ती मोटा गाईहरूलाई खाइहाले। तब राजा ब्यूँझे। तिनी फेरि निदाए र अर्को सपना देखे। त्यस सपनामा सातवटा अन्नका भरिला र पाकेका बालाहरू एउटा बोटमा पसाएका थिए। त्यसपछि अरू सातवटा मरुभूमिको बतासले सुकाएका र सेप्रा परेका अन्नका बालाहरू पसाए र ती सेप्रा बालाहरूले अघिका सातवटा भरिला बालाहरूलाई निलिहाले। राजा ब्यूँझे र सपना पो देख्दै थिएँ भनी थाहा पाए। बिहान तिनलाई चिन्ता पर्यो र तिनले मिश्रभरिका सबै जादूगरहरू र विद्वान्हरूलाई बोलाए। तिनीहरूलाई राजाले आफ्ना सपना बताए तर कसैले सपनाको अर्थ लाउन सकेनन्। तब मद्य टक्र्याउने मानिसले राजालाई भन्यो, “मबाट एउटा भुल भएको छ, त्यो म आज तपाईंको अघि बिन्ती गर्छु। हजुरको म र मुख्य भान्सेमाथि रिसानी भएको थियो र हामीलाई पहरेदारको कप्तानको घरमा भएको झ्यालखानमा कैदमा राख्नुभएको थियो। एक रात हामी दुवैले एक-एक वटा सपना देख्यौं। सपनाको अर्थ भिन्ना-भिन्नै थियो। एउटा हिब्रू केटो हामीसित त्यहाँ थियो। त्यो पहरेदारहरूका कप्तानको कमारो थियो। हामीले त्यसलाई हाम्रा सपना बतायौं र त्यसले हामीलाई अर्थ खोलिदियो। सबै कुरा ठीक त्यसले भनेजस्तै भयो। तपाईंले मलाई आफ्नो काम दिनुभयो तर त्यस मानिसलाई हजुरले झुन्ड्याइदिनुभयो।”
उत्पत्ति 41 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 41:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू