YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 41:1-13

उत्‍पत्ति 41:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

दुई वर्ष बितिसकेपछि मिश्रका राजाले एउटा सपना देखे। सपनामा तिनी नील नदीको किनारमा उभिरहेका थिए। त्‍यस बेला सातवटा मोटा र चिल्‍ला गाईहरू नदीबाट निस्‍किआए र घाँस खान लागे। त्‍यसपछि अरू सातवटा गाईहरू निस्‍के; तिनीहरू दुब्‍ला र हाड-छाला मात्र भएका थिए। तिनीहरू आएर नदीको किनारमा उभिरहेका पहिलेका गाईहरूसँगै उभिए र ती दुब्‍ला गाईहरूले ती मोटा गाईहरूलाई खाइहाले। तब राजा ब्‍यूँझे। तिनी फेरि निदाए र अर्को सपना देखे। त्‍यस सपनामा सातवटा अन्‍नका भरिला र पाकेका बालाहरू एउटा बोटमा पसाएका थिए। त्‍यसपछि अरू सातवटा मरुभूमिको बतासले सुकाएका र सेप्रा परेका अन्‍नका बालाहरू पसाए र ती सेप्रा बालाहरूले अघिका सातवटा भरिला बालाहरूलाई निलिहाले। राजा ब्‍यूँझे र सपना पो देख्‍दै थिएँ भनी थाहा पाए। बिहान तिनलाई चिन्‍ता पर्‍यो र तिनले मिश्रभरिका सबै जादूगरहरू र विद्वान्‌हरूलाई बोलाए। तिनीहरूलाई राजाले आफ्‍ना सपना बताए तर कसैले सपनाको अर्थ लाउन सकेनन्। तब मद्य टक्र्याउने मानिसले राजालाई भन्‍यो, “मबाट एउटा भुल भएको छ, त्‍यो म आज तपाईंको अघि बिन्‍ती गर्छु। हजुरको म र मुख्‍य भान्‍सेमाथि रिसानी भएको थियो र हामीलाई पहरेदारको कप्‍तानको घरमा भएको झ्‍यालखानमा कैदमा राख्‍नुभएको थियो। एक रात हामी दुवैले एक-एक वटा सपना देख्‍यौं। सपनाको अर्थ भिन्‍ना-भिन्‍नै थियो। एउटा हिब्रू केटो हामीसित त्‍यहाँ थियो। त्‍यो पहरेदारहरूका कप्‍तानको कमारो थियो। हामीले त्‍यसलाई हाम्रा सपना बतायौं र त्‍यसले हामीलाई अर्थ खोलिदियो। सबै कुरा ठीक त्‍यसले भनेजस्‍तै भयो। तपाईंले मलाई आफ्‍नो काम दिनुभयो तर त्‍यस मानिसलाई हजुरले झुन्‍ड्याइदिनुभयो।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 41 पढ्नुहोस्

उत्‍पत्ति 41:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसको पूरा दुई वर्षपछि फारोले एउटा सपना देखे। सपनामा उनी नील नदीको किनारमा उभिरहेका थिए। नील नदीबाट सात वटा खूब सप्रेका मोटा-मोटा गाईहरू निस्‍केर आए, र काँसको घारीमा चर्न लागे। त्‍यसपछि अरू सात वटा हड्डी र छाला मात्र भएका दुब्‍ला-दुब्‍ला गाईहरू नील नदीबाट तिनीहरूका पछिपछि निस्‍के, र नील नदीको किनारमा उभिरहेका पहिलेका गाईहरूसँगै उभिए। ती हड्डी र छाला मात्र भएका दुब्‍ला-दुब्‍ला गाईहरूले ती सात वटा सप्रेका मोटा-मोटा गाईहरूलाई खाइहाले। अनि फारो ब्‍यूँझे। त्‍यसपछि उनी फेरि निदाए, र अर्को एउटा सपना देखे। सात वटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रिरहेका थिए। त्‍यसपछि सेप्रा र पूर्वीय बतासले ओइलाएका अरू सात वटा अन्‍नका बालाहरू पसाए। अनि ती सेप्रा बालाहरूले ती सात वटा असल र भरिला बालाहरूलाई निलिहाले। अनि फारो ब्‍यूँझे। त्‍यो सपना रहेछ भनी उनलाई थाहा भयो। बिहान उनको हृदयमा ठूलो चिन्‍ता पर्‍यो, अनि उनले मिश्रका सबै जादूगर र त्‍यहाँका सबै ज्ञानी पुरुषहरूलाई बोलाए। फारोले तिनीहरूलाई आफ्‍ना सपना बताए। तर फारोलाई सपनाको अर्थ खोलिदिने त्‍यहाँ कोही भएन। तब ती मुख्‍य पियाउनेले फारोलाई भने, “मेरो भूल आज मलाई थाहा भयो। फारोले आफ्‍ना नोकरहरूसँग रिसानी भएर मलाई र मुख्‍य पकाउनेलाई अङ्गरक्षकका कप्‍तानको कैदखानामा राख्‍नुहुँदा एउटै रात उनले र मैले आ-आफ्‍नै अर्थ भएका सपना देखेका थियौं। त्‍यहाँ अङ्गरक्षकका कप्‍तानको एक जना जवान हिब्रू नोकर हामीसँग थियो, र जब हामीले त्‍यसलाई हाम्रा सपना बतायौं, हामी दुवैको आ-आफ्‍नो सपनाअनुसार सपनाको अर्थ त्‍यसले हामीलाई खोलिदियो। त्‍यसले हामीलाई जस्‍तो अर्थ खोलेको थियो, त्‍यस्‍तै हुनआयो। म आफ्‍नो काममा फेरि नियुक्त भएँ, तर त्‍यो मुख्‍य पकाउनेचाहिँ झुण्‍ड्याइयो।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 41 पढ्नुहोस्

उत्‍पत्ति 41:1-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

पूरा दुई वर्ष बितिसकेपछि फारोले एउटा सपना देखे; सपनामा तिनी नील नदीको किनारमा उभिरहेका थिए। अनि नील नदीबाट सात वटा चिल्‍ला र मोटा गाईहरू निस्केर आए, र काँसको घारीमा चर्न थाले। त्यसपछि तिनीहरूका पछि-पछि अरू सात वटा कुरूप र दुब्ला गाईहरू नील नदीबाट बाहिर निस्के, र ती पहिलेका गाईहरूसँगै किनारको छेउमा उभिए। अनि ती कुरूप र दुब्ला गाईहरूले ती चिल्‍ला र मोटा गाईहरूलाई खाइदिए। त्यसपछि फारो बिउँझे। उनी फेरि निदाए, र दोस्रो सपना देखे: अन्‍नका सात वटा भरिला र असल बालाहरू एउटै डाँठमा फलिरहेका थिए। त्यसपछि अन्‍नका अरू सात वटा पातला र पूर्वीय बतासले ओइलाएका बालाहरू निस्के। अनि ती पातला अन्‍नका बालाहरूले भरिला सात वटा बालाहरूलाई निलिदिए। त्यसपछि फारो बिउँझे; अनि यो त पो सपना रहेछ भनी थाहा पाए। बिहान उनको मन विचलित भयो; त्यसकारण उनले इजिप्टका सबै जादुगर र ज्ञानी मानिसहरूलाई बोलाए। फारोले तिनीहरूलाई आफ्ना सपनाहरू बताए; तर उनका निम्ति ती सपनाका अर्थ खोलिदिन कसैले पनि सकेनन्। तब त्यस मुख्य मद्य टक्र्याउनेले फारोलाई भने, “आज मलाई मेरो गल्ती याद आएको छ। एक पल्ट फारो आफ्ना सेवकहरूसँग रिसाउनुभएको थियो। अनि उहाँले मलाई र मुख्य भान्सेलाई अङ्गरक्षकका सेनापतिको घरको झ्यालखानामा थुन्‍नुभयो। हामी दुवैले एकै रात सपना देख्यौँ, र ती प्रत्येक सपनाको आ-आफ्नै अर्थ थियो। त्यहाँ हामीसँग एउटा हिब्रू जवान अङ्गरक्षकका सेनापतिका सेवक थिए। हामीले तिनलाई आफ्ना सपनाहरू बतायौँ; अनि तिनले हामीलाई हाम्रा आ-आफ्नो सपनाअनुसारको अर्थ खोलिदिए। अनि तिनले हामीलाई अर्थ खोलिदिएजस्तै भयो: म आफ्नो काममा फेरि नियुक्त भएँ, तर अर्को मानिसचाहिँ झुन्ड्याइयो।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 41 पढ्नुहोस्

उत्‍पत्ति 41:1-13 पवित्र बाइबल (NERV)

दुइबर्ष पछि फिरऊनले एउटा सपना देख्यो। उनले आफैंलाई नील नदीको किनारमा उभिरहेको सपना देख्यो। सपनामा उनले देख्यो सातवटा गाईहरू नदीबाट निस्केर घाँस खाँदै उभिएका थिए। ती गाईहरू हेर्दा राम्रा र स्वस्थ थिए। त्यसपछि अझ सातवटा गाईहरू नदीबाट निस्के अनि ती स्वस्थ गाईहरूको नजिकमा नदीको किनारमा उभिए। तर गाईहरू दुब्लो र बिमारी जस्ता थिए। आफ्नो सपनामा उनले यी सातवटा रोगी गाईहरूले सातवटा स्वस्थ गाइहरूलाई खाँदै गरेको देख्यो। तब फिरऊन ब्यूँझीयो। फिरऊन फेरि सुत्यो र सपना देख्यो। उनले सपनामा एउटा अन्नको बोटमा सातवटा बाला लागेको देख्यो। अन्नको बालाहरू मोटा र राम्रा थिए। अनि पछि अझ सातवटा अन्नहरू भएको उसले देख्यो। तर तिनीहरू पातलो र बाफिलो हावाले सुकेका थिए। ती पातला सातवटा अन्नका बालाहरूले ती राम्रा र भरिला अन्नका बालाहरू खाए। त्यसपछि फिरऊन ब्यूँझीयो अनि सोच्यो त्यो सब एउटै सपना मात्र थियो। र अर्को बिहान यी सपनाहरूको विषयमा फिरऊन एकदमै चिन्तित भयो। यसर्थ उनले मिश्र देशका सबै जादूगर अनि सबै ज्ञानी मानिसहरूलाई बोलायो। फिरऊनले ती सबै मानिसहरूलाई आफ्नो ती सपनाहरूको विषयमा बतायो तर कसैले पनि त्यस विषयमा व्याख्या गर्न सकेनन्। तब त्यो दाखरस पुर्याउने सेवकले यूसुफलाई सम्झिए अनि फिरऊनलाई भने, “आज म मेरो अतीतका भूलहरू सम्झना गराइरहेको छु। तपाईं म र रोटी पकाउनेसित दिक्कहुनु भएको थियो अनि हामीलाई प्रमुख रक्षकको घरमा कैदी बनाउनु भयो। त्यसपछि एक रात उनले र मैले सपना देख्यौं। प्रत्येक सपनाको भिन्दा भिन्दै अर्थ थियो। हामीसित झ्यालखानामा एक जना हिब्रू मानिस थियो। त्यो अंगरक्षकहरूको कप्तानको नोकर थियो। उसलाई हामीले आफ्नो सपना बतायौं र ती सपनाहरूको विषयमा उनले हामीलाई व्याख्या गर्यो। हामीलाई उनले प्रत्येक सपनाको अर्थ बतायो। उसले जे भनेको थियो म झ्यालखानबाट मुक्त हुनेछु अनि मेरो आफ्नै नोकरी पाउनेछु, त्यो सही भयो। उनले त्यो रोटी पकाउने मानिस मर्छ भनेको थियो अनि त्यो मर्यो। यसर्थ उनले जे-जे भनेको थियो सत्य भयो।”