YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 28:16-22

उत्‍पत्ति 28:16-22 सरल नेपाली

याकूब ब्‍यूँझे र उनले भने, “परमप्रभु यहाँ हुनुहुन्‍छ! उहाँ यस ठाउँमा हुनुहुन्‍छ तर मलाई थाहा थिएन।” उनले डराएर भने, “यो कस्‍तो भययोग्‍य ठाउँ रहेछ! यो परमेश्‍वरको भवन हुनुपर्छ, यो स्‍वर्गको ढोका नै हुनुपर्छ।” भोलिपल्‍ट बिहान सबेरै याकूब उठे र सिरानको ढुङ्गा लिए। त्‍यो ढुङ्गा ठड्याएर उनले त्‍यसलाई एउटा स्‍मारक बनाए, त्‍यसलाई अभिषेक गरेर त्‍यसको टुप्‍पामा तेल खनाए। उनले त्‍यस ठाउँको नाउँ बेथेल राखे। (पहिले त्‍यस सहरको नाम लूज थियो।) तब याकूबले परमप्रभुसित एउटा भाकल गरे, “यदि तपाईं मसँग रहनुभयो र मेरा यात्रामा मेरो रक्षा गर्नुभयो मलाई भोजन र वस्‍त्र दिनुभयो र म कुशलसाथ मेरा बुबाको घरमा फर्की आएँ भने तपाईं मेरा परमेश्‍वर हुनुहुनेछ। मैले खडा गरेको यो ढुङ्गा परमेश्‍वरको घर हुनेछ र तपाईंले मलाई दिनुभएको प्रत्‍येक कुराका दश भागमा एक भाग म तपाईंलाई चढाउनेछु।”

उत्‍पत्ति 28 पढ्नुहोस्