तब याकूब निद्राबाट ब्यूँझेर भने, “निश्चय नै यस ठाउँमा परमेश्वर हुनुहुँदोरहेछ, र यो मलाई थाहा थिएन।” तिनी साह्रै डराए र तिनले भने, “यो ठाउँ कस्तो भययोग्य रहेछ। यो त परमेश्वरको घरबाहेक अरू केही होइन रहेछ। यो त स्वर्गको ढोका पो रहेछ।” याकूब बिहान सबेरै उठे, र आफूले सिरान बनाएको ढुङ्गा लिएर खामोजस्तै गरी खड़ा गरेर त्यसको टुप्पामा तेल खन्याए। तिनले त्यस ठाउँको नाउँ बेथेल राखे। पहिले त्यस ठाउँको नाउँ लूज थियो। तब याकूबले यसो भन्ने भाकल गरे, “यदि परमेश्वर मेरो साथमा रहनुभयो, मेरो यात्रामा मलाई रक्षा गर्नुभयो, मलाई खानलाई रोटी र लाउनलाई वस्त्र दिनुभयो, अनि म कुशलपूर्वक फेरि मेरा बुबाको घरमा आउन पाएँ भने, परमप्रभु नै मेरा परमेश्वर हुनुहुनेछ। र मैले खामो बनाएको यो ढुङ्गाचाहिँ परमेश्वरको घर हुनेछ, र तपाईंले मलाई दिनुभए जति सबैको दशांश म तपाईंलाई अवश्य चढ़ाउनेछु।”
उत्पत्ति 28 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 28
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 28:16-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू