YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 28:16-22

उत्‍पत्ति 28:16-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब याकूब निद्राबाट ब्‍यूँझेर भने, “निश्‍चय नै यस ठाउँमा परमेश्‍वर हुनुहुँदोरहेछ, र यो मलाई थाहा थिएन।” तिनी साह्रै डराए र तिनले भने, “यो ठाउँ कस्‍तो भययोग्‍य रहेछ। यो त परमेश्‍वरको घरबाहेक अरू केही होइन रहेछ। यो त स्‍वर्गको ढोका पो रहेछ।” याकूब बिहान सबेरै उठे, र आफूले सिरान बनाएको ढुङ्गा लिएर खामोजस्‍तै गरी खड़ा गरेर त्‍यसको टुप्‍पामा तेल खन्‍याए। तिनले त्‍यस ठाउँको नाउँ बेथेल राखे। पहिले त्‍यस ठाउँको नाउँ लूज थियो। तब याकूबले यसो भन्‍ने भाकल गरे, “यदि परमेश्‍वर मेरो साथमा रहनुभयो, मेरो यात्रामा मलाई रक्षा गर्नुभयो, मलाई खानलाई रोटी र लाउनलाई वस्‍त्र दिनुभयो, अनि म कुशलपूर्वक फेरि मेरा बुबाको घरमा आउन पाएँ भने, परमप्रभु नै मेरा परमेश्‍वर हुनुहुनेछ। र मैले खामो बनाएको यो ढुङ्गाचाहिँ परमेश्‍वरको घर हुनेछ, र तपाईंले मलाई दिनुभए जति सबैको दशांश म तपाईंलाई अवश्‍य चढ़ाउनेछु।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 28 पढ्नुहोस्

उत्‍पत्ति 28:16-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जब याकोब निद्राबाट झल्याँस बिउँझे, र तिनले सोचे, “निश्‍चय नै याहवेह यस ठाउँमा हुनुहुँदोरहेछ; अनि मलाई यो थाहै थिएन।” तब तिनी डराएर भने, “यो ठाउँ कति भययोग्य रहेछ! यो परमेश्‍वरको घरबाहेक अरू केही होइन रहेछ; यो त स्वर्गकै ढोका पो रहेछ।” भोलिपल्ट बिहानै याकोब उठे, र आफूले सिरानी लगाएको ढुङ्गा लिए; अनि त्यसलाई खाँबोझैँ ठड्याएर टुप्पोमाथि तेल खन्याए। तिनले त्यस ठाउँको नाम बेथेल राखे; पहिला त्यस सहरलाई लूज भनिन्थ्यो। तब याकोबले यसो भनेर भाकल गरे, “यस यात्रामा यदि परमेश्‍वर मेरो साथमा रहनुभयो, मलाई रक्षा गर्नुभयो; मलाई खानलाई भोजन र लाउनलाई लुगा दिनुभयो, र म मेरा पिताको घरमा सुरक्षित फर्केर आएँ भने याहवेह मेरा परमेश्‍वर हुनुहुनेछ; अनि मैले खाँबोझैँ ठड्याएको ढुङ्गाचाहिँ परमेश्‍वरको घर हुनेछ, र तपाईंले मलाई दिनुहुने सबै कुराको दशांश म तपाईंलाई दिनेछु।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 28 पढ्नुहोस्

उत्‍पत्ति 28:16-22 पवित्र बाइबल (NERV)

तब याकूब ब्यूँझेर उठे अनि भने “म जान्दछु परमप्रभु यही ठाउँमा हुनुहुन्छ। तर जबसम्म म सुतेको थिइन तबसम्म मलाई थाहा थिएन परमप्रभु यहाँ हुनुहुन्छ।” याकूब डराए। उनले भने, “यो एउटा दुःखदायी ठाउँ हो। यो केही पनि होइन तर अवश्य नै परमेश्वरको घर हो। यो स्वर्गको द्वार हो।” अर्को दिन बिहान याकूब चाँडै उठे। उनले त्यस चट्टानलाई उठाए अनि त्यसलाई एक छेऊमा खडा पारेर राखे। तब उनले त्यसमा तेल दले। यस प्रकार उनले त्यस चट्टानलाई परमेश्वरलाई स्मरण गराउने स्तम्भ बनाए। पहिला त्यस ठाउँको नाउँ लूज थियो तर याकूबले त्यसको नाउँ बेतेल राखे। तब याकूबले एउटा प्रतिज्ञा गरे। उनले भने, “यदि परमेश्वर मसँगै रहनु भयो अनि म जहाँ जान्छु त्यहाँ मेरो रक्षा गर्नु भयो भने अनि परमेश्वरले मलाई खान भोजन र लगाउन लुगाहरू दिनु भयो भने। यदि म आफ्नो बुबाकहाँ सुरक्षित र शान्तिसित फर्किन सकें, यदि परमेश्वरले यी सबै कामहरू मेरो लागि गर्नु भयो भने तब परमप्रभु मेरो परमेश्वर हुनु हुनेछ। त्यो ठाउँ जहाँ मैले त्यो ढुङ्गा उभ्याएँ परमेश्वरको पवित्र स्थान हुनेछ अनि परमेश्वरले मलाई जे दिनुहुन्छ त्यसको एक दशांश म तपाईंलाई चढाउँनेछु।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 28 पढ्नुहोस्

उत्‍पत्ति 28:16-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

याकूब ब्‍यूँझे र उनले भने, “परमप्रभु यहाँ हुनुहुन्‍छ! उहाँ यस ठाउँमा हुनुहुन्‍छ तर मलाई थाहा थिएन।” उनले डराएर भने, “यो कस्‍तो भययोग्‍य ठाउँ रहेछ! यो परमेश्‍वरको भवन हुनुपर्छ, यो स्‍वर्गको ढोका नै हुनुपर्छ।” भोलिपल्‍ट बिहान सबेरै याकूब उठे र सिरानको ढुङ्गा लिए। त्‍यो ढुङ्गा ठड्याएर उनले त्‍यसलाई एउटा स्‍मारक बनाए, त्‍यसलाई अभिषेक गरेर त्‍यसको टुप्‍पामा तेल खनाए। उनले त्‍यस ठाउँको नाउँ बेथेल राखे। (पहिले त्‍यस सहरको नाम लूज थियो।) तब याकूबले परमप्रभुसित एउटा भाकल गरे, “यदि तपाईं मसँग रहनुभयो र मेरा यात्रामा मेरो रक्षा गर्नुभयो मलाई भोजन र वस्‍त्र दिनुभयो र म कुशलसाथ मेरा बुबाको घरमा फर्की आएँ भने तपाईं मेरा परमेश्‍वर हुनुहुनेछ। मैले खडा गरेको यो ढुङ्गा परमेश्‍वरको घर हुनेछ र तपाईंले मलाई दिनुभएको प्रत्‍येक कुराका दश भागमा एक भाग म तपाईंलाई चढाउनेछु।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 28 पढ्नुहोस्