तब परमेश्वरले आज्ञा गर्नुभयो, “दिन र रात छुट्ट्याउन र दिन, वर्ष र धर्मिक चाडहरू जनाउन आकाशमा ज्योतिहरू देखा परून्। पृथ्वीमा ज्योति दिन तिनीहरू आकाशबाट चम्कून्।” अनि त्यस्तै भइहाल्यो। परमेश्वरले दिउँसो राज्य गर्न घाम र राती राज्य गर्न जून, दुईवटा ठूल्ठूला ज्योतिहरू बनाउनुभयो। उहाँले ताराहरू पनि बनाउनुभयो। उहाँले ती ज्योतिहरूलाई पृथ्वीमाथि चम्कन, दिन र रातमाथि राज्य गर्न र उज्यालो र अँध्यारोलाई छुट्ट्याउन आकाशमा राख्नुभयो। अनि त्यो देखेर परमेश्वर खुसी हुनुभयो। साँझ पर्यो र बिहान भयो– चौथो दिन। तब परमेश्वरले आज्ञा गर्नुभयो, “पानी थरी-थरीका जन्तुहरूले भरियोस् अनि आकाश पंक्षीहरूले भरियोस्।” यसरी परमेश्वरले ठूल्ठूला जल-जन्तु, पानीमा बास गर्ने सबै थरीका जन्तुहरू र सबै प्रकारका चरा-चुरुङ्गीहरू सृष्टि गर्नुभयो। त्यो देखेर परमेश्वर खुसी हुनुभयो। उहाँले तिनीहरू सबैलाई आशिष् दिनुभयो, पानीमा बास गर्नेहरूलाई बढ्दैगएर समुद्रमा भरिंदै जानू भन्नुभयो र चरा-चुरुङ्गीहरूलाई पनि बढ्दैजानू भन्नुभयो। साँझ पर्यो र बिहान भयो– पाँचौँ दिन। तब परमेश्वरले आज्ञा गर्नुभयो, “पृथ्वीले हरेक थरीका ठूला-साना घरपालुवा र बन-पशुहरू उत्पन्न गरोस्,” अनि त्यस्तै भइहाल्यो। यसरी परमेश्वरले ती सबैलाई बनाउनुभयो र ती देखेर खुसी हुनुभयो।
उत्पत्ति 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 1:14-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू