र त्यो बनाउने काममा बाधा नहाल। यहूदाका बडा-हाकिम र यहूदी अगुवाहरूले मन्दिर पहिलाकै ठाउँमा फेरि बनाऊन्। म तिमीहरूलाई आज्ञा दिँदछु कि त्यस काममा तिनीहरूलाई मद्दत देओ। तिनीहरूको खर्च पश्चिम-यूफ्रेटिस प्रान्तमा उठाइएका राजकरबाट झट्टै दिइहाल्नू र काममा बाधा नपरोस्। दिन-दिनै पूजाहारीहरूले जे कुरा चाहिन्छ भन्छन्, स्वर्गका परमेश्वरलाई होमबलि चढाउनलाई साँढे, भेडा वा थुमा वा गहुँ, नुन वा जैतुनको तेल नबिराई तिनीहरूलाई दिनू। तिमीहरूले त्यसो गर र स्वर्गका परमेश्वरले ग्रहण गर्नुहुने बलिदानहरू तिनीहरूले चलाउन सकून् र म र मेरा छोराहरूले आशिष् पाउनलाई प्रार्थना गरून्। म फेरि पनि आज्ञा गर्दछु कि जसले यो आज्ञा मान्दैन, त्यसका घरबाट एउटा काठको खामो निकालेर त्यसलाई एकपट्टि तिखो पारी त्यसका शरीरमा रोपी वारपार गरिदिनू। त्यसका घरलाई पनि धुलो-पिठो पारिदिनू। ती परमेश्वर, जसले आफ्ना आराधना गरिने ठाउँको रूपमा यरूशलेमलाई चुन्नुभयो, उहाँले यो आज्ञा उलङ्घन् गर्ने र मन्दिर नाश गर्न चेष्टा गर्ने कुनै राजा वा जातिलाई नाश पारून्। म दारा राजाले यो आज्ञा दिँदछु। यसको पूरा पालन गरियोस्।” त्यसपछि बडा-हाकिम तत्तनै, शत्तर-बोज्नै र उनका सहकर्मीहरूले राजाका आज्ञाअनुसार ठीक-ठीक काम गरे। यहूदी अगुवाहरूले अगमवक्ता हाग्गै र जकरियाबाट उत्साह पाई मन्दिर बनाउने काम राम्ररी अघि बढाए। इस्राएलका परमेश्वर र फारसका महाराजाहरू कोरेस, दारा र अर्तासास्तका आज्ञाअनुसार तिनीहरूले मन्दिर बनाइसिध्याए। महाराजा दाराका शासनकालको छैटौँ वर्ष अदार महिनाको तेस्रो दिन तिनीहरूले मन्दिर बनाइसके। त्यसपछि इस्राएलका मानिसहरूले पूजाहारीहरू, लेवीहरू र कैदबाट फर्किआएका अरू सबैले आनन्दसाथ मन्दिर अर्पण गरे।
एज्रा 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एज्रा 6:7-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू