एज्रा 6:7-16
एज्रा 6:7-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूले परमेश्वरका मन्दिरको काममा बाधा नदिनू। तिमीहरूले यहूदीहरूका राज्यपाल र तिनीहरूका धर्म-गुरुहरूलाई परमेश्वरको भवन पुनर्निर्माण गर्न छोड़िदिनू। तिनीहरूले त्यो त्यसको पहिलेकै स्थानमा बनाऊन्। “परमेश्वरको त्यो भवन पुनर्निर्माण गरिओस् भनी तिमीहरूले ती यहूदी धर्म-गुरुहरूका निम्ति के गर्नुपर्छ सो पनि म तिमीहरूलाई हुकुम गर्दैछु। त्यो काम नरोकिओस् भनेर यूफ्रेटिस पारिको प्रान्तमा उठेको करबाट, राजकीय कोषबाट तिनीहरूको खर्च भर्नू। अनि तिनीहरूलाई चाहिएका जेसुकै कुरा तिमीहरूले दिनहुँ नबिराईकन दिनू, अर्थात् स्वर्गका परमेश्वरलाई चढ़ाउने होमबलिका निम्ति बाछाहरू, भेड़ाहरू अथवा थुमाहरू, अथवा गहूँ, नून, दाखमद्य, तेल, जस्तो यरूशलेमका पूजाहारीहरूले माग्छन् ती दिनू, कि तिनीहरूले स्वर्गका परमेश्वरलाई मन पर्ने बलिदान चढ़ाऊन् र राजा र तिनका छोराहरूको दीर्घायुको निम्ति तिनीहरूले प्रार्थना गरिदेऊन्। “त्यसबाहेक, म यस्तो हुकुम दिँदैछु कि जसले यस उर्दीलाई परिवर्तन गर्ला त्यसको घरबाट एउटा खम्बा उखेलेर त्यसलाई त्यही खम्बामा उनिनेछ। यस अपराधको कारण त्यसको घर टुक्राटाक्री भई ढुङ्गाको थुप्रो होस्। आफ्नो नाउँको निम्ति त्यस स्थानलाई आफ्नो वासस्थान बनाउनुहुने परमेश्वरले यस उर्दीलाई परिवर्तन गर्ने वा यरूशलेममा परमेश्वरको त्यस भवनलाई नष्ट गर्न आँट गर्ने कुनै पनि राजा वा मानिसलाई विध्वंस गरून्। म, दारा राजाले यो उर्दी निकालेको हुँ। त्यो अक्षरश: पूरा गरिओस्।” तब दारा राजाले उनीहरूलाई दिएको आदेश यूफ्रेटिस पारिको प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र उनीहरूका सहयोगीहरूले अक्षरश: पालन गरे। फलस्वरूप यहूदी धर्म-गुरुहरू पुनर्निर्माण काममा लागिरहे, र हाग्गै अगमवक्ता र इद्दोको वंशका जकरियाको अगमवाणीद्वारा तिनीहरूको उन्नति बढ्दैगयो। इस्राएलका परमेश्वरको आज्ञाअनुसार र फारसका राजाहरू कोरेस, दारा र अर्तासास्तका उर्दीअनुसार तिनीहरूले मन्दिरको पुनर्निर्माण गरेर काम सिद्ध्याए दारा राजाको छैटौँ वर्षको अदार महिनाको तेस्रो दिनमा मन्दिरको काम सम्पन्न भयो। त्यसपछि इस्राएलका जनता, अर्थात् पूजाहारीहरू, लेवीहरू र निर्वासनबाट फर्केर आएका अरू सबैले ठूलो रमाहटसाथ परमेश्वरका भवनको समर्पण-सेवा मनाए।
एज्रा 6:7-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूले परमेश्वरको मन्दिरको काममा बाधा नगर। यहूदीहरूका राज्यपाल र यहूदी प्रधानहरूले परमेश्वरको भवन त्यसकै पुरानो स्थानमा पुनर्निर्माण गरून्। यसबाहेक परमेश्वरको भवन निर्माणमा लागेका यी यहूदीहरूका प्रधानहरूका लागि तिमीहरूले के गर्नुपर्छ भनी म यो आदेश दिँदछु: यूफ्रेटिसपारिबाट राजकोषमा जम्मा भएको राजस्वबाट यी मानिसहरूको खर्च पूर्ण रूपले तिरिनुपर्छ; ताकि यो पुनर्निर्माण गर्ने काम नरोकियोस्। तिनीहरूलाई चाहिएका जुनसुकै कुरा—साँढेहरू, भेडाहरू, थुमाहरू, स्वर्गको परमेश्वरलाई होमबलिका निम्ति चाहिने भेडाहरू, गहुँ, नुन, दाखमद्य र जैतुनको तेल जे जति कुराहरू यरूशलेममा पुजारीहरूले माग गर्छन्, तिनीहरूलाई प्रत्येक दिन नबिर्सिकन दिनुपर्छ; ताकि तिनीहरूले स्वर्गका परमेश्वरलाई खुशी पार्न बलिदानहरू चढाउन सकून्। अनि राजा र तिनका छोराहरूका भलाइका निम्ति प्रार्थना गरून्। अनि म यो पनि आदेश दिँदछु, यदि कसैले यस उर्दीलाई परिवर्तन गर्छ भने त्यसको घरबाट एउटा खाँबो उखेलेर त्यसलाई त्यही खाँबोमा टाँगियोस्। अनि यस अपराधको निम्ति त्यसको घर भताभुङ्ग पारेर ढुङ्गाहरूको थुप्रो बनाइयोस्। यरूशलेमको मन्दिरलाई नष्ट गर्न, अथवा यस उर्दीलाई परिवर्तन गर्न कुनै राजा, अथवा कुनै पनि मान्छेले हात उठायो भने त्यही परमेश्वर जसले आफ्नो नामलाई त्यहाँ स्थापित गर्नुभएको छ, उहाँले तिनीहरूलाई नष्ट पारून्। म दाराले यो आदेश दिएको छु। यो होसियारीपूर्वक पालन गरियोस्। दारा राजाले आदेश दिएका हुनाले यूफ्रेटिस पारिका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र तिनीहरूका प्रान्तका मित्रहरूले साह्रै होसियारीसाथ यो काम गरे। यसकारण यहूदीहरूका अगुवाहरूले अगमवक्ता हाग्गै र इद्दोका सन्तान जकरियाका अगमवाणीअनुसार निर्माणको काम निरन्तर प्रगति गर्दैगए। तिनीहरूले परमेश्वरको आदेशअनुसार र परसीयाका राजाहरू कोरेस, दारा र अर्तसास्तका आदेशअनुसार मन्दिर पुनर्निर्माणको काम समाप्त गरे। दारा राजाको शासनकालको छैटौँ वर्षको अदार महिनाको तेईसौँ दिनमा, मन्दिरको काम पूरा भयो। त्यसपछि इस्राएलका मानिसहरू, पुजारीहरू, लेवीहरू र निर्वासनबाट फर्कने यहूदीहरूले ठूलो रमाहटकासाथ परमेश्वरको भवन अर्पण गरे।
एज्रा 6:7-16 पवित्र बाइबल (NERV)
यहूदीहरूका प्रशासक अनि यहूदीहरूका धर्मगुरूलाई त्यसको खास स्थानमा परमेश्वरको र मन्दिर पुनःर्निर्माण गर्न देऊ। अब, परमेश्वरको त्यो मन्दिर को पुन:र्निर्माण गर्दा यी यहूदी धर्मगुरूहरूका निम्ति तिमीहरूले के गर्नु पर्छ त्यस सम्बन्धमा यो आदेश दिन्छु; परमेश्वरको मानिस निर्माण कार्यमा यी मन्दिरको खर्च पूर्णरूपले राज कोषबाट-नदीपारीको प्रदेशका तिरोहरूबाट-तिरीनेछ, जसमा कि तिनीहरूले काम रोक्न नसकुन। बाछाहरू, भेंडाहरू वा धुपहरू स्वर्गका परमेश्वरका निम्ति के चीज खाँचो छ गहुँ, नून, दाखरस वा तेल जे पनि यरूशलेमका पूजाहारीहरूले निवेदन गरून्। ती दिइनेछ। नबिराइकन तिनीहरूलाई दिइयोस् जसमा कि तिनीहरूले सुबास युक्त बलिदानहरू स्वर्गका परमेश्वरलाई अर्पण गर्न सकुन् अनि राजा र उनका। छोराहरूको जीवनका निम्ति प्रार्थना गरून्। म आदेश दिन्छु, कि यदि कसैले यो आदेशको अवहेलना गरे उसको घरबाट एउटा खम्बा निकालेर उसलाई यसमा ठाडै झुण्डाउनु पर्छ र पिट्नु पर्छ अनि त्यसको घरलाई भग्नावशेषको राश तुल्याउनु पर्छ। आफ्नो नाउँलाई त्यहाँ बसाउनु हुने यरूशलेमका परमेश्वरको त्यो मन्दिर नष्ट गर्नका निम्ति यो आदेशलाई अवज्ञा गर्ने प्रयास गर्ने कुनै राजा वा मानिसलाई परास्त गरून्। म, दाराले यो आदेश गरेकोछु। यसलाई सावधानी पूर्वक चाँडो पालन गरियोस्। तब, यूफ्रेटिस नदीको पश्चिमको प्रदेशका प्रशासक तत्तनै, अनि शत्तर-बोज्नै र तिनीहरूका सरकारी मानिसहरूले राजा दाराले आदेश दिए जस्तै गरे। यहूदीहरूका धर्मगुरूहरू अगमवक्ता हाग्गै अनि इद्दोका छोरा जकर्याह अगमवक्ताको रेखदेखमा निर्माण कार्य सफलता पुर्वक गर्दै गए। इस्राएलका परमेश्वरको आदेश कोरेस, दारा अनि आर्ट-जारसेज फारसका राजाहरूको आदेशद्वारा तिनीहरूले निर्माण कार्य पूर्ण गरे। यसरी यो मन्दिर राजा दाराको शासनकालको छैटौं बर्षको अदार महीनाको तेस्रो दिन पूर्ण गरियो। त्यस पछि इस्राएलका मानिसहरू, अनि लेवीहरू र अन्य फर्किआएका कैदीहरूले परमेश्वरको यो मन्दिरको समर्पणको उत्सव खूबै हर्षसाथ मनाए।
एज्रा 6:7-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
र त्यो बनाउने काममा बाधा नहाल। यहूदाका बडा-हाकिम र यहूदी अगुवाहरूले मन्दिर पहिलाकै ठाउँमा फेरि बनाऊन्। म तिमीहरूलाई आज्ञा दिँदछु कि त्यस काममा तिनीहरूलाई मद्दत देओ। तिनीहरूको खर्च पश्चिम-यूफ्रेटिस प्रान्तमा उठाइएका राजकरबाट झट्टै दिइहाल्नू र काममा बाधा नपरोस्। दिन-दिनै पूजाहारीहरूले जे कुरा चाहिन्छ भन्छन्, स्वर्गका परमेश्वरलाई होमबलि चढाउनलाई साँढे, भेडा वा थुमा वा गहुँ, नुन वा जैतुनको तेल नबिराई तिनीहरूलाई दिनू। तिमीहरूले त्यसो गर र स्वर्गका परमेश्वरले ग्रहण गर्नुहुने बलिदानहरू तिनीहरूले चलाउन सकून् र म र मेरा छोराहरूले आशिष् पाउनलाई प्रार्थना गरून्। म फेरि पनि आज्ञा गर्दछु कि जसले यो आज्ञा मान्दैन, त्यसका घरबाट एउटा काठको खामो निकालेर त्यसलाई एकपट्टि तिखो पारी त्यसका शरीरमा रोपी वारपार गरिदिनू। त्यसका घरलाई पनि धुलो-पिठो पारिदिनू। ती परमेश्वर, जसले आफ्ना आराधना गरिने ठाउँको रूपमा यरूशलेमलाई चुन्नुभयो, उहाँले यो आज्ञा उलङ्घन् गर्ने र मन्दिर नाश गर्न चेष्टा गर्ने कुनै राजा वा जातिलाई नाश पारून्। म दारा राजाले यो आज्ञा दिँदछु। यसको पूरा पालन गरियोस्।” त्यसपछि बडा-हाकिम तत्तनै, शत्तर-बोज्नै र उनका सहकर्मीहरूले राजाका आज्ञाअनुसार ठीक-ठीक काम गरे। यहूदी अगुवाहरूले अगमवक्ता हाग्गै र जकरियाबाट उत्साह पाई मन्दिर बनाउने काम राम्ररी अघि बढाए। इस्राएलका परमेश्वर र फारसका महाराजाहरू कोरेस, दारा र अर्तासास्तका आज्ञाअनुसार तिनीहरूले मन्दिर बनाइसिध्याए। महाराजा दाराका शासनकालको छैटौँ वर्ष अदार महिनाको तेस्रो दिन तिनीहरूले मन्दिर बनाइसके। त्यसपछि इस्राएलका मानिसहरूले पूजाहारीहरू, लेवीहरू र कैदबाट फर्किआएका अरू सबैले आनन्दसाथ मन्दिर अर्पण गरे।