YouVersion लोगो
खोज आइकन

इजकिएल 45:1-15

इजकिएल 45:1-15 सरल नेपाली

जब जमिन बन्‍डा लाएर कुल-कुललाई एक-एक भाग गरिन्‍छ, तब एक भागचाहिँ परमप्रभुको निम्‍ति अर्पण गरी अलग्‍गै राख्‍नू। त्‍यो साढे बाह्र किलो मिटर लामो र दश किलो मिटर चौडा होओस् र त्‍यो सबै पवित्र भूमि हुनेछ। त्‍यहाँ मन्‍दिरको निम्‍ति एउटा वर्गाकर क्षेत्र २५० मिटर लमाइ र त्‍यति नै चौडाइ भएको र चारैपट्टि पच्‍चीस मिटर चौडा खुल्‍ला ठाउँ भएको होस्। त्‍यसको आधा भाग अथवा साढे बाह्र किलोमिटर लमाइ र पाँच किलोमिटर चौडाइ भएको हिस्‍सा नापेर अलग्‍गै छुट्ट्याउनू। त्‍यस हिस्‍सामा मन्‍दिर बनिनेछ अनि त्‍यो सबैभन्दा पवित्र-स्‍थान हुनेछ। त्‍यो देशको एउटा पवित्र भाग हुनेछ अनि मन्‍दिरमा परमप्रभुको सेवाकार्य गर्ने पूजाहारीहरूको निम्‍ति त्‍यो अलग गरिनेछ। त्‍यहाँ पूजाहारीहरूका घरहरू हुनेछन् र मन्‍दिर बनाउने ठाउँ हुनेछ। त्‍यस ठाउँको अर्को आधा भागचाहिँ मन्‍दिरमा सेवाको काम गर्ने लेवीहरूका निम्‍ति अलग राखिनेछ। त्‍यहाँ लेवीहरू बसोबास गर्ने सहरहरू बनिनेछन्। पवित्रस्‍थानको छेउमा साढे बाह्र किलोमिटर लामो र अढाइ किलोमिटर चौडा भएको अर्को एक टुक्रा जमिन अलग्‍गै छुट्ट्याउनू। त्‍यहाँ इस्राएलका मानिसहरू बसोबास गर्ने सहरहरू बसालिनेछ। शासकको निम्‍ति पनि एउटा जग्‍गा छुट्ट्याउनुपर्नेछ। त्‍यो पवित्रस्‍थानको पश्‍चिम-सिमानादेखि पश्‍चिमतिर नै भूमध्‍य सागरसम्‍म जानेछ र पूर्वपट्टि चाहिँ पवित्रस्‍थानको पूर्व-सिमानादेखि पूर्वतिरै त्‍यस देशको साँध-सिमानासम्‍म पुग्‍नेछ। यसरी नै त्‍यसको लमाइ पनि इस्राएलका कुनै पनि कुललाई दिइएको जग्‍गाको लमाइ बराबर हुनेछ। यही क्षेत्रचाहिँ शासकले इस्राएल देशमा पाउने भाग हो। यसैकारण शासकले प्रजामाथि फेरि अत्‍याचार गर्नेछैन र बाँकी जमिन इस्राएलका कुलहरूलाई छोडिदिनेछ। सार्वभौम परमप्रभुले भन्‍नुभयो, “ए इस्राएलका शासकहरू हो, तिमीहरूले धेरै समयसम्‍म पाप गर्‍यौ! तिमीहरूले आफ्‍ना हिंसा र अत्‍याचार बन्‍द गर। जे कुरा उचित र न्‍यायपूर्ण छन्, ती गर। फेरि तिमीहरूले कहिल्‍यै मेरा प्रजालाई तिनीहरूको भूमिबाट बाहिर नधपाउनू। म सार्वभौम परमप्रभुले तिमीहरूलाई यो कुरा भन्‍दै छु। “हरेक मानिसले ठीक ढक-तराजु, माना-पाथी र माप-दण्‍ड चलाउनुपर्नेछ: “हरेक कुरोको तौल समान होस्, सुखा चीज तौलने ‘एपा’ र तरल चीज तौलने ‘बाथ’ एकै नापका होऊन् र ती दुईको नाप ‘होमेर’ अनुसार यसरी गर्नुपर्नेछ अर्थात्: होमेर = दश एपा = दश बाथ। “ओजनको तौल यस्‍तो होओस्– बीस गेरा = एक शेकेल। साठी शेकेल = एक मीना। “तिमीहरूले आफ्‍ना भेटी यस हिसाबले चढाउने गर्नू– गहुँ: उब्‍जनीको १/६० भाग जौ: उब्‍जनीको १/६० भाग जैतुनको तेल: उब्‍जनीको १/१०० भाग। भेडा: दुई सय भेडाबाट एक (बाथका हिसाबले तौलँदा यस्‍तो हुन्‍छ– दश बाथ = एक होमेर = एक कोर।) “तिमीहरूले अन्‍नबलि, होमबलि र मेलबलिका निम्‍ति पशुहरू, अन्‍न र तेल ल्‍याउनेछौ र तिमीहरूका पाप क्षमा गरिनेछ। म सार्वभौम परमप्रभु यो आज्ञा दिंदछु।

इजकिएल 45 पढ्नुहोस्