तब ती नाइकेहरूले राजाकहाँ गएर उजुर गरे, “सरकार, हामीमाथि किन यस्तो अत्याचार गरिंदै छ? हामी पराल पाउँदैनौं र पनि हामीलाई इँटा बनाउन हुकुम हुन्छ। त्यति मात्र नभएर अब हामीलाई पिट्न पनि थालेका छन्। तर कसुर त हजुरकै मानिसहरूको छ।” राजाले जवाफ दिए, “तिमीहरू अल्छे छौ र काम गर्न चाहँदैनौ। यसैकारण तिमीहरू भन्छौ, ‘परमप्रभुकहाँ बलि चढाउनको निम्ति हामीलाई जान दिनोस्’। काममा फर्केर जाओ। तिमीहरूले पराल पाउनेछैनौ तर अघि जति नै पूरा इँटा बनाउनुपर्छ।” अघि जति नै इँटा दिनहुँ बनाउनुपर्छ भनेको सुनेर ती नाइकेहरूले अब आफ्नो बेहाल भएछ भनी चाल पाए। ती नाइकेहरू फर्कंदा बाटोमा मोशा र हारूनले तिनीहरूलाई पर्खिरहेका भेटे। तिनीहरूले मोशा र हारूनलाई भने, “तिमीहरूले जे गरेका छौ, परमप्रभुले देख्नुभएको छ। तिमीहरूले गर्दा राजा र तिनका भारदारहरू हामीसित रिसाएका छन्। त्यसको निम्ति परमेश्वरले तिमीहरूलाई दण्ड दिनुहुनेछ। तिमीहरूले गर्दा तिनीहरूले हामीलाई मार्ने निहुँ पाएका छन्।” तब मोशाले फेरि परमप्रभुतिर फर्केर भने, “हे परमप्रभु, किन तपाईंले आफ्नो प्रजालाई कष्टमा पार्नुभयो? किन तपाईंले मलाई यहाँ पठाउनुभयो? तपाईंको तर्फबाट म गएर राजासँग बोलेको समयदेखि तिनले यिनीहरूसित अझै निष्ठुरी व्यवहार गरेका छन्। यिनीहरूको मद्दतको लागि तपाईंले केही गर्नुभएको छैन।”
प्रस्थान 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 5:15-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू