अन्तमा, तिमीहरू प्रभुमा उहाँको ठूलो शक्तिले शक्तिशाली होओ। शैतानका सबै युक्तिको सामना गर्न परमेश्वरले दिनुभएको उहाँका सबै हातहतियार भिर। हाम्रो लडाइँ मानिससँग होइन तर आकाशका शक्तिहरू, अन्धकार युगका शासकहरू, अधिकारीहरू र आकाशका दुष्ट आत्माका विरोधमा हो। यसैकारण परमेश्वरका सबै हातहतियारहरू भिर। त्यसो हुँदा नराम्रो दिनमा दुष्ट आइलाग्दा त्यसलाई रोक्न सक्नेछौ र अन्तसम्म लडेर पनि तिमी खडा नै रहनेछौ। यसकारण तयार भएर खडा रहो। सत्यलाई पेटीझैँ कम्मरमा कसिराख, छाती जोगाउने धार्मिकताको कवच लगाओ। शान्ति दिने सुसमाचार सुनाउन जाने जुत्ता लगाएर तयार होओ। विश्वासचाहिँ आफ्नो रक्षा गर्ने ढाल हो। यसलाई सधैँ साथ लिएर तयार बस। त्यसपछि दुष्टका अग्निवाणहरू निभाउन सक्नेछौ। शिर रक्षा गर्ने मुक्तिको टोप लेओ। पवित्र आत्माले दिनुभएको परमेश्वरको शिक्षारूपी तरवार भिरिराख। सधैँ प्रार्थना गर, परमेश्वरको सहायता मागिबस। सबै समय पवित्र आत्माको शक्तिमा प्रार्थना गरिबस। यी कुरा मनमा राखी सधैँ होशियार भएर लगातार प्रार्थना गर र ख्रीष्टका पवित्र जनहरूका लागि प्रार्थना गर। मेरो लागि पनि प्रार्थना गरिदेओ र म बोल्न लाग्दा परमेश्वरले मलाई वचन देऊन्, मलाई बोल्ने साहस मिलोस् अनि म सुसमाचारको रहस्य अरूलाई बुझाउन सकूँ। यही सुसमाचारको लागि नै म प्रेरित बनाइएको हुँ। प्रार्थना गरिदेओ र म कैद भए पनि मैले जसरी बोल्नुपर्ने हो, त्यसरी नै साहससँग बोलिरहन सकूँ। हाम्रा प्यारा भाइ र प्रभुको सेवक तुखिकसले नै मेरो बारेमा तिमीहरूलाई सबै कुरा थाहा दिनेछन्। हामीहरूले के गरिरहेका छौं, त्यो सुनेर तिमीहरूलाई हौसला मिलोस् भनी मैले उनलाई पठाएको हुँ। सबै विश्वासी दाजुभाइहरूलाई परमेश्वर पिता र प्रभु येशू ख्रीष्टले शान्ति, प्रेम र विश्वास देऊन्। प्रभु येशू ख्रीष्टलाई प्रेम गर्ने जतिलाई सधैँ रहने परमेश्वरको अनुग्रह रहोस्।
एफिसी 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एफिसी 6:10-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू