YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 31:1-6

व्‍यवस्‍था 31:1-6 सरल नेपाली

मोशा इस्राएलका मानिसहरूसँग अझै बोलिरहे र यसो भने, “म अब एक सय बीस वर्ष पुगें र तिमीहरूका अगुवा रहन सक्‍दिनँ। त्‍यसबाहेक परमप्रभुले मलाई भन्‍नुभएको छ कि म यर्दनपारि जान सक्‍नेछैनँ। परमप्रभु तिमीहरूका परमेश्‍वर आफैं तिम्रा अघि-अघि जानुहुनेछ र त्‍यहाँ बास गर्ने जातिहरूलाई नष्‍ट पार्नुहुनेछ अनि तिमीहरूले तिनका देश कब्‍जा गर्नेछौ। परमप्रभुले भन्‍नुभएअनुसार यहोशू तिम्रा अगुवा हुनेछन्। एमोरीहरूका राजा सीहोन र ओगको हार गराएर तिनका देशहरू नाश पारेझैँ परमप्रभुले ती जातिहरूलाई नाश पार्नुहुनेछ। परमप्रभुले तिमीहरूलाई तिनीहरूमाथि विजय दिनुहुनेछ र तिनीहरूसित तिमीहरूले ठीक मैले भनेअनुसार व्‍यवहार गर्नू। साहस गर अनि बलियो बन। तिनीहरूको डर नमान। तिम्रा परमेश्‍वर परमप्रभु आफैं तिमीहरूसँग रहनुहुनेछ। उहाँले तिमीहरूलाई धोका दिनुहुन्‍न र त्‍याग्‍नुहुन्‍न।”