YouVersion लोगो
खोज आइकन

व्यवस्था 31:1-6

व्यवस्था 31:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब मोशाले बाहिर गएर सारा इस्राएललाई यी वचनहरू सुनाए: “आज म एक सय बीस वर्ष पुगें। अब म तिमीहरूलाई नेतृत्‍व गर्न सक्‍दिनँ। ‘तँ यर्दन पारि जानेछैनस्‌’ भनी परमप्रभुले मलाई भन्‍नुभएको छ। परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका अगि पारि जानुहुनेछ। उहाँले तिमीहरूका सामुन्‍नेबाट यी जातिहरूलाई नष्‍ट पार्नुहुनेछ, र तिमीहरूले उनीहरूको देश ओगट्‌नेछौ। परमप्रभुले भन्‍नुभएअनुसार यहोशू पनि तिमीहरूका अगि पारि जानेछन्‌। एमोरीहरूका राजाहरू सीहोन र ओगलाई उनीहरूको देशसमेत नाश गर्नुभएझैँ परमप्रभुले उनीहरूलाई पनि नाश गर्नुहुनेछ। परमप्रभुले उनीहरूलाई तिमीहरूको अधीनमा सुम्‍पिदिनुहुनेछ, र मैले तिमीहरूलाई गरेका सबै आदेशअनुसार तिमीहरूले यिनीहरूसित गर। बलिया र साहसी होओ! यिनीहरूसित नडराओ र त्रासित नहोओ! किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूसँग जानुहुन्‍छ। उहाँले तिमीहरूलाई कहिल्‍यै छोड्‌नुहुनेछैन न त त्‍याग्‍नुहुनेछ।”

शेयर गर्नुहोस्
व्यवस्था 31 पढ्नुहोस्

व्यवस्था 31:1-6 पवित्र बाइबल (NERV)

तब मोशा अघि बढेर यी शब्दहरू इस्राएलका मानिसहरूलाई भने। मोशाले तिनीहरूलाई भने, “म अहिले 120 बर्षको भएँ। अब म तिमीहरूको अगुवा हुनु सक्तिनँ। ‘तिमी यर्दन नदी तर्ने छैनौ,’ परमप्रभुले मलाई भन्नुभयो। परमप्रभु तिमीहरूका परमेश्वर अगुवा हुनुहुनेछ र तिमी अघि ती जातिहरूलाई नष्ट पार्नु हुनेछ अनि तिमीले तिनीहरूको भूमि लिनेछौ। परमप्रभुको प्रतिज्ञा अनुसार यहोशूले तिमीहरूलाई पारि लैजान नेतृत्व गर्नेछन्। “परमप्रभुले तिनीहरूलाई एमोरीहरूका राजाहरू सीयोन र ओग तथा तिनीहरूको भूमिलाई ध्वंश पार्दा जसो गर्नु भएको थियो तिनीहरूलाई पनि त्यस्तै गर्नुहुन्छ। ती जातिहरूलाई परास्त पार्न परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुनेछ तर मैले आज्ञा दिए जस्तै तिनीहरूलाई प्रत्येक कुरो गर्नु पर्छ। शक्तिशाली र साहसी बन। तिनीहरूसित नडराऊ किनभने परमप्रभु तिमीहरूको परमेश्वर तिमीहरूसँगै हुनु हुन्छ। उहाँले तिमीलाई असफल गराउनु हुन्न अथवा छोड्नु हुन्न।”

शेयर गर्नुहोस्
व्यवस्था 31 पढ्नुहोस्

व्यवस्था 31:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मोशा इस्राएलका मानिसहरूसँग अझै बोलिरहे र यसो भने, “म अब एक सय बीस वर्ष पुगें र तिमीहरूका अगुवा रहन सक्‍दिनँ। त्‍यसबाहेक परमप्रभुले मलाई भन्‍नुभएको छ कि म यर्दनपारि जान सक्‍नेछैनँ। परमप्रभु तिमीहरूका परमेश्‍वर आफैं तिम्रा अघि-अघि जानुहुनेछ र त्‍यहाँ बास गर्ने जातिहरूलाई नष्‍ट पार्नुहुनेछ अनि तिमीहरूले तिनका देश कब्‍जा गर्नेछौ। परमप्रभुले भन्‍नुभएअनुसार यहोशू तिम्रा अगुवा हुनेछन्। एमोरीहरूका राजा सीहोन र ओगको हार गराएर तिनका देशहरू नाश पारेझैँ परमप्रभुले ती जातिहरूलाई नाश पार्नुहुनेछ। परमप्रभुले तिमीहरूलाई तिनीहरूमाथि विजय दिनुहुनेछ र तिनीहरूसित तिमीहरूले ठीक मैले भनेअनुसार व्‍यवहार गर्नू। साहस गर अनि बलियो बन। तिनीहरूको डर नमान। तिम्रा परमेश्‍वर परमप्रभु आफैं तिमीहरूसँग रहनुहुनेछ। उहाँले तिमीहरूलाई धोका दिनुहुन्‍न र त्‍याग्‍नुहुन्‍न।”

शेयर गर्नुहोस्
व्यवस्था 31 पढ्नुहोस्