YouVersion लोगो
खोज आइकन

व्यवस्था 31:1-6

व्यवस्था 31:1-6 NNRV

तब मोशाले बाहिर गएर सारा इस्राएललाई यी वचनहरू सुनाए: “आज म एक सय बीस वर्ष पुगें। अब म तिमीहरूलाई नेतृत्‍व गर्न सक्‍दिनँ। ‘तँ यर्दन पारि जानेछैनस्‌’ भनी परमप्रभुले मलाई भन्‍नुभएको छ। परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका अगि पारि जानुहुनेछ। उहाँले तिमीहरूका सामुन्‍नेबाट यी जातिहरूलाई नष्‍ट पार्नुहुनेछ, र तिमीहरूले उनीहरूको देश ओगट्‌नेछौ। परमप्रभुले भन्‍नुभएअनुसार यहोशू पनि तिमीहरूका अगि पारि जानेछन्‌। एमोरीहरूका राजाहरू सीहोन र ओगलाई उनीहरूको देशसमेत नाश गर्नुभएझैँ परमप्रभुले उनीहरूलाई पनि नाश गर्नुहुनेछ। परमप्रभुले उनीहरूलाई तिमीहरूको अधीनमा सुम्‍पिदिनुहुनेछ, र मैले तिमीहरूलाई गरेका सबै आदेशअनुसार तिमीहरूले यिनीहरूसित गर। बलिया र साहसी होओ! यिनीहरूसित नडराओ र त्रासित नहोओ! किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूसँग जानुहुन्‍छ। उहाँले तिमीहरूलाई कहिल्‍यै छोड्‌नुहुनेछैन न त त्‍याग्‍नुहुनेछ।”