YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 24:1-4

व्‍यवस्‍था 24:1-4 सरल नेपाली

“एउटा मानिसले एउटी स्‍त्रीलाई विवाह गर्छ तर पछिबाट उसलाई मन नपर्ने कुरा त्‍यसमा पाएर त्‍यसलाई राख्‍न चाहन्‍न भनी निश्‍चय गर्छ भने छुटानामको कागजपत्र लेखी त्‍यसलाई दिएर आफ्‍नो घरबाट निकाली पठाउला। त्‍यसपछि त्‍यस स्‍त्रीले अर्को मानिससित विवाह गर्छे। तर यदि त्‍यसले पनि म यसलाई चाहन्‍नँ भनी निश्‍चय गरेर छुटनामको कागजपत्र लेखी त्‍यसलाई दिएर आफ्‍नो घरबाट निकालिदियो भने कि त त्‍यो दोस्रो लोग्‍ने आफैं मर्‍यो भने पनि त्‍यसको पहिलो लोग्‍नेले त्‍यसलाई फेरि विवाह नगरोस् र त्‍यसलाई कलङ्क लागेको भनिठानोस्। उसले त्‍यसलाई फेरि विवाह गर्‍यो भने त्‍यो परमप्रभुको अघि घिनलाग्‍दो कुरो हुनेछ। यस्‍तो डरलाग्‍दो पाप परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा तिमीहरूले नगर्नू।