व्यवस्था 24:1-4
व्यवस्था 24:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्नो विवाह गरेकी स्त्रीमा केही खोट पाएर त्यससँग असन्तुष्ट भई त्यसलाई त्यागपत्र लेखिदिएर कसैले आफ्नो घरबाट निकालिदियो भने, र यदि घर छोड़ेपछि त्यो अर्को मानिसकी पत्नी भई र दोस्रो पति पनि असन्तुष्ट भई त्यसलाई त्यागपत्र लेखिदिएर घरबाट निकालिदियो भने वा आफै मर्यो भने, त्यो अशुद्ध भएकी हुनाले त्यसलाई त्याग्ने पहिलो पतिले फेरि त्यसलाई आफ्नो पत्नी तुल्याउन पाउनेछैन। परमप्रभुको नजरमा यो एक घृणित काम हो। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा पापको कलङ्क नल्याउनू।
व्यवस्था 24:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि कुनै मानिसले कुनैलाई विवाह गर्छ; अनि त्यसको बारेमा कमी कमजोरी थाहा पाएका कारण त्यस स्त्रीलाई मन नपराएर त्यागपत्र लेखी आफ्नो घरबाट त्यसलाई पठाइदियो भने, अनि यदि त्यो स्त्री त्यस मानिसको घर छाडेर अर्को मानिसको पत्नी भई भने, त्यसको दोस्रो पतिले पनि त्यसलाई मन नपराएर त्यागपत्र लेखेर दियो, र आफ्नो घरबाट पठाइदियो वा तिनको दोस्रो पति मर्यो भने, त्यो स्त्री अशुद्ध भइसकेको कारण त्यसलाई त्याग्ने पहिलो पतिले फेरि त्यसलाई विवाह गर्ने अनुमति पाउनेछैन। त्यो याहवेहको दृष्टिमा घिनलाग्दो कुरा हुन्छ। याहवेह तिमीहरूका परमेश्वरले उत्तराधिकारको रूपमा तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूले यो पाप नल्याओ।
व्यवस्था 24:1-4 पवित्र बाइबल (NERV)
“एउटा मानिसले एउटी स्त्रीलाई विवाह गरेको हुन सक्छ अनि पछि तिनमा केही गोप्य कुरा पाउन सक्छ जो उसलाई मन पर्दैन। यदि त्यो मानिस तिनीसँग खुशी छैन भने उसले छुटानामको पत्र लेखेर उसलाई दिनु पर्छ। तब उसले तिनीलाई घरबाट बाहिर पठाउन सक्छ। जब त्यो स्त्रीले उसको घर छोड्छे उसले अर्को पुरूषसित विवाह गर्नु सक्छे। तर यदि उसको नयाँ दोस्रो लोग्नेले पनि उसलाई मन नपराएर छुट्टानाम पत्र दिएर घरदेखि निकाली दिएको खण्डमा अथवा त्यो नयाँ दोस्रो लोग्नेको मृत्यु भएको खण्डमा, पहिलो लोग्ने जसले त्यस स्त्रीलाई छुट्टानाम पत्र दिई घरबाट निकालेको थियो उसले त्यही स्त्रीसँग पुनः विवाह गर्नु सक्तैन किनभने त्यो स्त्री अशुद्ध भएकी हुन्छे अनि परमप्रभुले पनि यस्तो विवाहलाई घृणा गर्नुहुन्छ। तिमीले परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदै गरेको भूमिमा यस्तो पाप हुन दिनु हुँदैन।
व्यवस्था 24:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“एउटा मानिसले एउटी स्त्रीलाई विवाह गर्छ तर पछिबाट उसलाई मन नपर्ने कुरा त्यसमा पाएर त्यसलाई राख्न चाहन्न भनी निश्चय गर्छ भने छुटानामको कागजपत्र लेखी त्यसलाई दिएर आफ्नो घरबाट निकाली पठाउला। त्यसपछि त्यस स्त्रीले अर्को मानिससित विवाह गर्छे। तर यदि त्यसले पनि म यसलाई चाहन्नँ भनी निश्चय गरेर छुटनामको कागजपत्र लेखी त्यसलाई दिएर आफ्नो घरबाट निकालिदियो भने कि त त्यो दोस्रो लोग्ने आफैं मर्यो भने पनि त्यसको पहिलो लोग्नेले त्यसलाई फेरि विवाह नगरोस् र त्यसलाई कलङ्क लागेको भनिठानोस्। उसले त्यसलाई फेरि विवाह गर्यो भने त्यो परमप्रभुको अघि घिनलाग्दो कुरो हुनेछ। यस्तो डरलाग्दो पाप परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशमा तिमीहरूले नगर्नू।