YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 21

21
हत्यारा नभेटाउँदाको विधि
1“परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको देशमा कुनै मानिसको लाश मैदानमा पाइयो र तिमीहरूले हत्‍यारालाई चिनेनौ भने 2तिम्रा अगुवाहरू र न्‍यायकर्ताहरूले गएर त्‍यो ठाउँदेखि छेउ-छाउका सहरहरू कति-कति टाढामा छन्, सो नापून्। 3अनि सबैभन्दा नजिकका सहरका अगुवाहरूले कहिल्‍यै काममा नलगाएको गाईलाई छानून्। 4त्‍यस गाईलाई तिनीहरूले कहिल्‍यै नसुक्‍ने खोलाछेउमा भएको कहिल्‍यै हलो नजोतेको तथा बिउ नछरिएको ठाउँमा लगेर, त्‍यसको घिच्रो भाँचिदेऊन्। 5लेवी पूजाहारीहरू त्‍यहाँ जानेछन् किनभने हिँसा भएको हरेक कानुनी मुद्दामा तिनीहरूले छलफल गर्नेछन्। मेरो सेवा गरून् र मेरो नाममा आशीर्वाद देऊन् भनी परमप्रभु तिम्रा परमेश्‍वरले तिनीहरूलाई चुन्‍नुभएको हो। 6त्‍यसपछि लाश पाइएका ठाउँदेखि सबैभन्दा नजिकमा भएका सहरका सबै अगुवाहरूले आ-आफ्‍ना हात गाईको लाशमाथि धुनेछन् 7र यसो भन्‍नेछन्, ‘हामीले यस मानिसको हत्‍या गरेनौं अनि त्‍यसका हत्‍यारा चिन्‍दैनौं। 8परमप्रभु आफूले मिश्रदेखि निकाली ल्‍याउनुभएको इस्राएलीहरूलाई क्षमा गर्नुहोस्। हामीलाई क्षमा गर्नुहोस् र यो निर्दोष मानिसको हत्‍याको जिम्‍मेवार हामीलाई नबनाउनुहोस्।’ 9यसरी परमप्रभुले आज्ञा गर्नुभएअनुसार गरेपछि तिमीहरू त्‍यस हत्‍याको जिम्‍मेवार हुनेछैनौ।
लडाइँमा कैद गरिएका स्‍त्रीहरूबारे
10“जब परमप्रभु तिम्रा परमेश्‍वरले लडाइँमा विजय दिनुहुन्‍छ र तिमीहरू कैदीहरू लिन्‍छौ, 11तिनका बीचमा एउटी सुन्‍दरी स्‍त्री देखेर त्‍यसलाई मन पराई तिमीहरू विवाह गर्ने इच्‍छा गर्न सक्‍छौ। 12त्‍यसलाई आफ्‍नो घरमा लैजाऊ। त्‍यहाँ त्‍यसले आफ्‍नो कपाल खौरन्‍छे। त्‍यसका औँलाका नङ् काटिदिनू। 13त्‍यसलाई नयाँ लुगा लगाइदिनू। तिम्रा घरमा बसेर त्‍यसले एक महिनासम्‍म आफ्‍ना आमा-बुबाका निम्‍ति शोक-विलाप गर्छे। त्‍यसपछि त्‍यसलाई विवाह गर्न सक्‍छौ। 14पछिबाट त्‍यसलाई चाहँदैनौ भने त्‍यसलाई स्‍वतन्‍त्र छोडिदिनू। तिमीले त्‍यसलाई बेच्‍नुहुँदैन वा त्‍यसलाई कमारीलाई जस्‍तै व्‍यवहार गर्नुहुँदैन किनकि तिमीले त्‍यसको सतीत्‍व नष्‍ट पारेका छौ।
जेठा छोराको हक
15“कुनै मानिसका दुईवटी स्‍त्रीहरू छन् र ती दुवैले छोरा जन्‍माउँदा जेठोचाहिँ उसकी प्रिय स्‍वास्‍नीले जन्‍माएको होइन भने 16त्‍यस मानिसले आफ्‍नो सम्‍पत्ति छोरा-छोरीहरूको माझमा बन्डा लाउने निर्णय गर्दा पक्षपात गरेर आफ्‍नी प्रिय स्‍वास्‍नीका छोरालाई जेठा छोराको हिस्‍सा दिनुहुँदैन। 17आफ्‍नी प्रिय स्‍वास्‍नीपट्टिको नभए तापनि उसले जेठोचाहिँ छोरालाई आफ्‍नो सम्‍पत्तिबाट दोब्‍बर हिस्‍सा दिनुपर्नेछ। कुनै पनि मानिसले आफ्‍नो जेठो छोरालाई मान्‍यता दिनुपर्छ र उसको अधिकारअनुसार पाउने हिस्‍सा उसलाई दिनुपर्नेछ।
अनाज्ञाकारी छोरो
18“कुनै मानिसको ढिट र विद्रोही छोरो छ र सजायँ दिँदा पनि त्‍यसले आमा-बुबाका आज्ञा मान्‍दैन भने 19त्‍यसका आमा-बुबाले त्‍यो बसेको सहरका अगुवाहरूको अघि त्‍यसलाई लगेर त्‍यसको जाँचबुझ गराउनेछन्। 20तिनीहरूले भन्‍नेछन्, ‘हाम्रो छोरो ढिट र विद्रोही छ र हाम्रो आज्ञा मान्‍दैन। त्‍यो खन्‍चुवा र मताहा छ।’ 21तब सहरका मानिसहरूले त्‍यसलाई ढुङ्गाले हानेर मार्नेछन् र त्‍यसरी तिमीहरूले त्‍यो दुष्‍टलाई हटाउनेछौ। इस्राएलका सबैले यो कुरा सुन्‍नेछन् र डर मान्‍नेछन्।
अन्‍य नियमहरू
22“यदि कुनै मानिसलाई अपराध गरेको निम्‍ति मृत्‍युदण्‍ड दिइयो र त्‍यसलाई खाँबोमा झुन्‍ड्याइयो भने 23#गलाती 3:13त्‍यसलाई रातभरि त्‍यहाँ रहन नदिनू। त्‍यसलाई त्‍यहिँ दिन गाडिदिइहाल्‍नू किनभने खाँबोमा झुन्‍डिरहेको लाशले देशमा परमेश्‍वरको सराप ल्‍याउँदछ। लाश गाडिदिनू र यसरी तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई दिनुभएको देशलाई अपवित्र गर्नेछैनौ।

अहिले सेलेक्ट गरिएको:

व्‍यवस्‍था 21: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्