व्यवस्था 22
22
1 #
प्रस्थान 23:4,5 “यदि तिम्रा इस्राएली छिमेकीको गोरु वा भेडा खुला छुटेर दगुरिरहेको देख्यौ भने त्यसलाई नदेखेको जस्तो नगर। त्यसलाई त्यस छिमेकीकहाँ पुर्याइदेओ। 2तर त्यसको मालिक टाढै बस्छ भने वा तिमीले तिनलाई चिन्दैनौ भने त्यसलाई आफ्नो घरमा लैजाऊ। त्यसको मालिक खोज्दै आउँदा त्यो त्यसलाई दिइहाल। 3तिम्रा इस्राएली छिमेकीले हराएका गधा, एक टुक्रा लुगा वा अरू कुनै कुरा पायौ भने पनि त्यसै गर्नू।
4“तिम्रा इस्राएली छिमेकीको गोरु वा गधा लडेको छ भने त्यसलाई नदेखेजस्तो नगर। त्यस पशु उठाउन उसलाई मद्दत गर।
5“स्त्रीहरूले पुरुषको वस्त्र नलाऊन् अनि पुरुषहरूले स्त्रीको वस्त्र नपहिरून्। त्यसो गर्नेलाई परमप्रभु तिम्रा परमेश्वरले घिन गर्नुहुन्छ।
6“यदि तिमीहरूले एउटा चराको गुँड रूख वा भूइँमा पायौ र त्यसमा माऊ चरी ओथारोमा वा बचेरोसित बसेकी छे भने माऊ चरीलाई तिमीहरूले नलैजानू। 7तिमीहरूले बचेरो लैजान सक्छौ तर माऊ चरीलाई छोडिदिनू र तिमीहरूको आयु लामो र जीवन सफल हुनेछन्।
8“जब तिमीहरू नयाँ घर बनाउँछौ, छानाका किनारमा चारैपट्टि घेरा लाउनू। तब कोही छानाबाट खसेर मर्यो भने तिमीहरूलाई केही दोष लाग्नेछैन।
9 #
लेवी 19:19
“दाखबारीमा अर्को अन्न एकसाथ नरोप्नू। त्यसो गर्यौ भने दाख र अर्को अन्नको दुवैको उब्जनी चलाउनू मनाही छ।
10“जमिन जोत्नलाई गोरु र गधालाई एकैसाथमा ननार्नू।
11“ऊनी र सुती मिसाएर बुनेको कपडाको लुगा नलाउनू।
12 #
गन्ती 15:37-41
“तिम्रा लाउने लुगाका चारै कुनामा फुर्का लगाऊ।
स्त्री पुरुषबीच सम्बन्ध
13“एक जना मानिसले एउटी केटीसित विवाह गर्छ र पछिबाट त्यसलाई आफूसित नराख्ने निश्चय गर्छ। 14त्यस केटीको विरुद्धमा यो केटी विवाह हुँदा कन्ये थिइन भनेर झूटो दोष लगाउँछ भने।
15केटीका आमा-बुबाले त्यो कन्ये केटी थिई भनी कुमारीत्वको प्रमाण लगेर अदालतमा सहरका अधिकारीहरूलाई देखाऊन्। 16केटीका बुबाले तिनीहरूलाई यसो भन्नेछन्, ‘मैले मेरी छोरीको विवाह यस मानिससँग गरिदिएँ; तर अब यसले त्यसलाई चाहँदैन 17र विवाह हुँदा यो केटी कन्ये थिइन भन्ने झूटो दोष लगाएको छ। तर मेरी छोरी कन्ये केटी थिई भन्ने कुमारीत्वको प्रमाण यहाँ छ।’ 18तब सहरको अधिकारीले लोग्नेचाहिँलाई लगेर चुटोस्। 19तिनीहरूले त्यसलाई एक सय चाँदीका टुक्रा जरिमाना गरेर त्यो पैसा केटीका बुबालाई देऊन् किनभने त्यस मानिसले एउटी इस्राएली केटीको बदनाम गरेको छ। त्यसपछि पनि त्यो केटी त्यसकी स्वास्नी नै रहनेछ र त्यसको जीवनभरि त्यस केटीलाई त्याग्न पाउनेछैन।
20“तर दोष साँचो हो र केटी कन्ये थिई भन्ने केही प्रमाण पाइएन भने 21तिनीहरूले केटीलाई बुबाको घरको ढोकामा लगून् र त्यहीँनिर सहरका आफ्ना मानिसहरूले त्यसलाई ढुङ्गाले हिर्काएर मारून्। विवाह हुनुभन्दा अघि माइती घरमा छँदै पुरुषसित लागेर त्यसले हाम्रा जातिका बीचमा लाजमर्दो काम गरेकी छ। यस प्रकारले तिमीहरूले त्यस खराबीलाई हटाउनू।
22“कुनै मानिसले अर्काकी स्वास्नीसित सम्भोग गर्दैगरेको फेला पार्यो भने ती दुवै मारिनुपर्छ। यस प्रकारले तिमीहरूले यस्तो खराबीलाई हटाउनू।
23“कुनै सहरमा अर्कासँग विवाह हुनलाई मगनी भएकी केटीसित सम्भोग गर्दै गरेको कोही भेटियो भने 24ती दुवैलाई सहरदेखि बाहिर लगेर ढुङ्गाले हानेर मार्नू। केटी मर्नुपर्छ किनभने त्यो सहरमा थिई, जहाँ त्यसको सोर सुन्न सकिन्थ्यो, तरै पनि त्यो सहायताको लागि कराइन। त्यो मानिसलाई मार्नुपर्छ किनभने त्यसले अर्कोसित मगनी भएकी केटीसित सम्भोग गर्यो। यस प्रकारले तिमीहरूले यस्तो खराबीलाई हटाउनू।
25“कुनै मानिसले अर्कासित विवाह हुनलाई मगनी भएकी एउटी केटीलाई एकान्त स्थानमा बलात्कार गर्यो भने त्यो मानिस मात्र मारिनुपर्छ। 26केटीलाई केही नगर्नू किनभने त्यसले मारिने लायक काम गरेकी छैन। यो कुरा पनि कसैले एउटा मानिसलाई हमला गरेर हत्या गरेको जस्तै हो। 27त्यस मानिसले त्यो मगनी भएकी केटीलाई एकान्त स्थानमा बलात्कार गर्यो र केटी कराई तर पनि त्यसलाई मद्दत गर्ने कोही थिएन।
28 #
प्रस्थान 22:16,17 “कुनै मानिस एउटी मगनी नभएकी केटीलाई बलात्कार गर्दै गरेको फेला पार्यो भने 29त्यसले केटीको बुबालाई बेहुलीको मोल पचासवटा चाँदीका टुक्रा तिर्नेछ। त्यो केटी त्यसकी स्वास्नी हुनेछे किनभने त्यसले केटीलाई आफूसित सम्भोग गर्न जबरजस्ती गर्यो। त्यसले जीवनभरि त्यस केटीलाई त्याग्न पाउनेछैन।
30 #
लेवी 18:8; 20:11; व्यवस्था 27:20 “आफ्ना बुबाको कुनै स्वास्नीसित सम्भोग गरेर कसैले बुबाको अपमान नगरोस्।
अहिले सेलेक्ट गरिएको:
व्यवस्था 22: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.