YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 23

23
इस्राएली समाजबाट निकालिनुपर्ने मानिस
1“लिङ्ग किच्‍याइएको वा काटिएको मानिस परमप्रभुको समुदायमा ग्रहण गरिनेछैन।
2“व्‍यभिचारमा जन्‍मेको छोरो वा त्‍यसका सन्‍तानलाई दश पुस्‍तासम्‍म परमप्रभुको समुदायमा लिइनेछैन।
3 # नहेम्‍याह 13:1,2 “कुनै अम्‍मोनी वा मोआबी वा तिनका सन्‍तानलाई दश पुस्‍तासम्‍म परमप्रभुको समुदायमा लिइनेछैन। 4#गन्ती 22:1-6तिमीहरू मिश्रबाट निस्‍किआउँदा बाटोमा तिनीहरूले तिमीहरूलाई खानपान दिएनन् र अराम-नाहारैमको पतोर सहरमा बस्‍ने बओरको छोरा बालामलाई पैसा दिएर तिमीहरूलाई सराप्‍ने काम गर्न लाए। 5#गन्ती 23:7—24:9तर परमप्रभु तिम्रा परमेश्‍वरले बालामका कुरा सुन्‍नुभएन। त्‍यस सरापलाई उल्‍टो आशिष्‌मा बदली गरिदिनुभयो किनभने उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्‍थ्‍यो। 6तिमीहरूको जाति रहुञ्‍जेल कहिल्‍यै पनि तिमीहरूले ती जातिहरूलाई मद्दत नगर्नू वा तिनीहरूको भलो हुने काम नगर्नू।
7“एदोमीहरूलाई तुच्‍छ नठान्‍नू, तिनीहरू तिम्रा कुटुम्‍ब हुन्। अनि मिश्रीहरूलाई तुच्‍छ नठान्‍नू किनभने कुनै समयमा तिमीहरूले तिनीहरूका देशमा बास गरेका थियौ। 8तेस्रो पुस्‍तादेखि तिनका सन्‍तानलाई परमप्रभुका समुदायमा लिन सक्‍नेछौ।
सैनिक छाउनी शुद्ध राख्‍ने काम
9“लडाइँको बेलामा छाउनीमा बस्‍दा तिमीहरू विधिअनुसार अशुद्ध गराउने कामदेखि जोगिनू। 10राती स्‍वप्‍न दोष भएर कोही पुरुष अशुद्ध भएको छ भने त्‍यो छाउनीदेखि बाहिर गएर बसोस्। 11साँझमा नुहाएर घाम डुबेपछि त्‍यो छाउनीमा फर्कन सक्‍छ।
12“छाउनीको बाहिर एउटा ठाउँ राख्‍नू, जहाँ तिमीहरू गई दिसा-पिसाब गर्न सक्‍छौ। 13आफ्‍ना हतियारमध्‍ये एउटा लट्ठी पनि राख्‍नू र दिसा लाग्‍दा एउटा खाल्‍डो खनेर त्‍यसमा दिसा पुरिदिनू। 14विधिअनुसार छाउनी शुद्ध राख्‍नू किनभने तिमीहरूलाई रक्षा गर्न र शत्रुहरूमाथि विजय दिनलाई परमप्रभु तिमीहरूका परमेश्‍वर छाउनीमा तिमीहरूका साथ हुनुहुन्‍छ। कुनै फोहोर काम नगर्नू, जसले गर्दा परमप्रभुले तिमीलाई साथ दिन छोड्‍नुहुनेछ।
विविध नियमहरू
15“कुनै कमारा आफ्‍ना मालिकदेखि भागेर आफ्‍नो रक्षाको लागि तिमीहरूकहाँ आयो भने त्‍यसलाई नफर्काउनू। 16त्‍यो तिम्रा कुनै पनि सहर रोजेर त्‍यहाँ बास गर्न सक्‍छ र तिमीहरूले त्‍योसित रूखो व्‍यवहार नगर्नू।
17 # लेवी 19:29 “कुनै इस्राएली पुरुष वा स्‍त्री मन्‍दिरको वेश्‍या नबनोस्। 18साथै वेश्‍या काम गरेर कमाएको धन भाकल पूरा गर्नलाई परमप्रभु तिमीहरूका परमेश्‍वरको भवनमा नल्‍याउनू। परमप्रभुले मन्‍दिरका वेश्‍याहरूलाई घिन गर्नुहुन्‍छ।
19 # प्रस्‍थान 22:25; लेवी 25:36,37; व्यवस्था 15:7-11 “कुनै इस्राएली साथीभाइलाई धन, भोजन वा अरू केही कुरा ऋण दिइयो भने त्‍यसमा ब्‍याज नलिनू। 20विदेशीलाई दिएको ऋणमा ब्‍याज लिन सक्‍छौ तर इस्राएली साथीभाइलाई दिएका ऋणमा त्‍यसो नगर्नू। यो नियम मान्‍नू र परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूले अधीन गर्न आँटेको देशमा तिमीहरूले गरेका हरेक काममा आशिष् दिनुहुनेछ।
21 # गन्ती 30:1-16; मत्ती 5:33 “परमप्रभु तिम्रा परमेश्‍वरसित जब तिमीहरू केही कुराको भाकल गर्छौ, आफ्‍नो भाकल पूरा गर्नमा ढीलो नगर। परमप्रभुले तिमीहरूको भाकल पूरा भएको चाहनुहुन्‍छ र त्‍यो पूरा नगरे पाप हुनेछ। 22परमप्रभुसित भाकल नगर्नु पाप होइन, 23तर आफ्‍नो इच्‍छाले भाकल गरेका छौ भने त्‍यो पूरा गर।”
24“तिमी कसैको दाखबारीको बाटो भएर गयौ भने खान मन लागे जति दाख खान सक्‍छौ तर डालोमा लिएर जान सक्‍दैनौ। 25कसैको खेतबारीको बाटो भएर गयौ भने आफ्‍ना हातले टिप्‍न सकेजति अन्‍न खान सक्‍छौ तर हँसिया चलाएर अन्‍न नकाट्‍नू।

अहिले सेलेक्ट गरिएको:

व्‍यवस्‍था 23: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्