तिनीहरूले आपसमा यसो भने, “उसकै धर्मसम्बन्धी काम कुरामा दानिएलको दोष देखाउन सक्यौं भने मात्र, नत्र अरू कुरामा हामी उसलाई दोष दिन सक्दैनौं।” यसकारण तिनीहरू राजालाई भेट्न गए र भने, “दारा राजा, हजुरको दीर्घायु होस्! हजुरको राज्यमा शासन गर्न खटाइएका हामी सबै मन्त्रीहरू, बडा-हाकिमहरू, सहायक-हाकिमहरू र अरू भारदारहरूले यस्तो मतो गरेका छौं कि हजुरले अब एउटा आदेश दिनुपर्यो र त्यसलाई ठीकसित पालन गर्न लाउनुपर्यो। हजुरलाई बाहेक अरू कुनै देवता वा मानिसलाई तीस दिनसम्म केही प्रार्थना चढाउन पाइनेछैन भनी आदेश दिनुहोस्। कसैले त्यो आदेश पालन गरेन भने त्यसलाई सिंहको खोरमा फालियोस्। महाराजले यस्तो आदेश निकालेर आफ्नो सही-छाप दिनुहोस् र त्यो आदेश लागू गरिनेछ र हेर-फेर गर्न नसकिने मादी र फारसीहरूको कानुन बन्नेछ।” यसरी दारा राजाले त्यस्तो आदेश सही-छाप दिई निकाले। त्यस्तो आदेश निकालिएको थाहा पाएर दानिएल आफ्नो घर गए। उनको घरको माथिल्लो कोठाका झ्यालहरू यरूशलेमपट्टि फर्केका थिए। त्यहाँ सधैँ गरेझैँ खुल्ला झ्यालहरूतिर फर्की घुँडा टेकेर उनले परमेश्वरलाई दिनमा तीनपल्ट प्रार्थना गर्ने गरे। दानिएलले परमेश्वरलाई प्रार्थना गर्दैगरेको उनका शत्रुहरूले देखे र तिनीहरू सबै एकसाथ दानिएलको दोष देखाउन राजाकहाँ गए। तिनीहरूले भने, “महाराज, हजुरले आउँदा तीस दिनसम्म हजुरलाई बाहेक अरू कुनै देवता वा मानिसलाई कसैले प्रार्थना चढायो भने त्यसलाई सिंहको खोरमा फालिनेछ भन्ने आदेश दिनुभएको थियो।” राजाले भने, “हो, त्यो एउटा कडा आदेश थियो र हेर-फेर गर्न नसकिने मादी र फारसीहरूको कानुन हो।”
दानिएल 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानिएल 6:5-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू