अन्तमा ती मानिसहरूले भने, “हामीले यस दानिएलको विरुद्धमा अभियोगको लागि, उसका परमेश्वरको व्यवस्थासम्बन्धमा बाहेक, कुनै पनि आधार कहिल्यै पाउन सक्नेछैनौं।” यसकारण अध्यक्षहरू र प्रान्तका बड़ाहाकिमहरू एउटा समूह भई राजाकहाँ गएर भने, “हे महाराजा दारा, अमर रहून्! राजकीय अध्यक्षहरू, प्रान्तका बड़ाहाकिमहरू, इलाका अधिकारीहरू, राज्यपालहरू, र सल्लाहकारहरू, सबैले यो मन्जूर गरेका छन्, कि राजाले एउटा आदेश निकाल्नुपर्छ र त्यस आदेशलाई लागू गर्नुपर्छ, जसअनुसार आगामी तीस दिनसम्म हजूरबाहेक कुनै देवता वा मानिसलाई कसैले प्रार्थना गरे भने, हे महाराजा त्यस्ता व्यक्ति सिंहको खोरमा फालिनेछन्। अब हे महाराजा, लिखित रूपमा यो आदेश निकाल्नुहोस्, र खारेज हुन नसक्ने मादी र फारसीहरूका ऐनबमोजिम यो आदेश बदली हुनेछैन।” यसैकारण राजा दाराले लिखित रूपमा यो आदेश निकाले। जब दानिएलले त्यो आदेश प्रकाशित भएको थाहा पाए, तिनी आफ्नो घरको माथिल्लो तलाको कोठामा गए, जहाँ झ्यालहरू यरूशलेमतिर खुला थिए। पहिलेजस्तै तिनी दिनमा तीन पल्ट घुँड़ा टेकी परमेश्वरलाई धन्यवाद दिँदै प्रार्थना गर्थे। तब ती मानिसहरू समूह बनाएर गए र दानिएलले परमेश्वरसँग सहायताको लागि प्रार्थना गरिरहेका उनीहरूले भेट्टाए। यसकारण उनीहरू राजाकहाँ गए र उनलाई उनको राजकीय आदेशको बारेमा भने, “हे महाराजा, के आगामी तीस दिनको अवधिभर जसले हजूरलाई बाहेक अन्य कुनै देवता वा मानिसलाई प्रार्थना गर्छ, त्यो सिंहको खोरमा फ्याँकिनेछ भनी हजूरले एउटा आदेश प्रकाशित गर्नुभएको छैन र?” राजाले जवाफ दिए, “हो, मादीहरू र फारसीहरूका ऐनबमोजिम, जुनचाहिँ खारेज हुन सक्दैन, त्यो आदेश स्थायी छ।”
दानिएल 6 पढ्नुहोस्
सुन्नुहोस् दानिएल 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानिएल 6:5-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू