YouVersion लोगो
खोज आइकन

दानिएल 6:5-12

दानिएल 6:5-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

आखिरमा ती मानिसहरूले भने, “उनको परमेश्‍वरको विधि-विधानका कुराहरूमा बाहेक हामीले तिनको विरुद्धमा अभियोग लगाउने आधार कहिल्यै पनि भेट्टाउनेछैनौँ।” यसकारण ती प्रशासकहरू र राज्यपालहरू एक समूह भई राजाकहाँ गएर भने: “महाराजा दारा, अमर रहून्! राजकीय प्रशासकहरू, बडाहाकिमहरू, सहायक हाकिमहरू, सल्‍लाहकारहरू र राज्यपालहरू सबै यस विषयमा सहमत भएका छौँ, कि राजाले यो आदेश जारी गर्नलाई एउटा उर्दी निकालून्, जसअनुसार आउँदा तीस दिनहरूमा जजसले हे महाराजा, तपाईंबाहेक, अरू कुनै देवता अथवा कुनै पनि मानिसलाई प्रार्थना गर्छ भने त्यसलाई सिंहको खोरमा फालियोस्। अब हे महाराजा, यो उर्दी जारी गरेर यसलाई लिखित रूपमा दिनुहोस्, ताकि यो बदली नहोस्—जस्तो मादी र परसीयनहरूको नियम छ, जुन रद्द हुन सक्दैन।” यसकारण राजा दाराले लिखित रूपमा उर्दी निकाले। अनि जब त्यो उर्दी प्रकाशित भएको कुरा दानिएलले थाहा पाए, तब तिनी आफ्ना घरभित्र गए; अनि माथिल्‍लो कोठामा पसे, जहाँ यरूशलेमतिर फर्किएका झ्यालहरू थिए। तिनले सधैँ गरेझैँ दिनमा तीन पल्ट घुँडा टेकी परमेश्‍वरलाई धन्यवाद दिँदै प्रार्थना गरे। तब ती मानिसहरू समूह बाँधेर गए, र दानिएललाई प्रार्थना गरिरहेका र परमेश्‍वरसित सहायता मागिरहेका भेट्टाए। यसकारण तिनीहरू राजाकहाँ गए, र तिनीसित तिनको राजकीय उर्दीको बारेमा कुरा गरे: “हे महाराजा, के तपाईंले आउँदा तीस दिनहरूमा तपाईंबाहेक अरू कुनै देवता, अथवा मानिसलाई प्रार्थना गर्ने जोसुकै पनि सिंहको खोरमा फ्याँकिनेछ भनेर एउटा उर्दी निकाल्नुभएको होइन र?” राजाले जवाफ दिए, “मादीहरू र परसीयनहरूको विधि-विधानअनुसार त्यो उर्दी पक्‍का छ—जुन कहिल्यै रद्द हुन सक्दैन।”

शेयर गर्नुहोस्
दानिएल 6 पढ्नुहोस्

दानिएल 6:5-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अन्‍तमा ती मानिसहरूले भने, “हामीले यस दानिएलको विरुद्धमा अभियोगको लागि, उसका परमेश्‍वरको व्‍यवस्‍थासम्‍बन्‍धमा बाहेक, कुनै पनि आधार कहिल्‍यै पाउन सक्‍नेछैनौं।” यसकारण अध्‍यक्षहरू र प्रान्‍तका बड़ाहाकिमहरू एउटा समूह भई राजाकहाँ गएर भने, “हे महाराजा दारा, अमर रहून्‌! राजकीय अध्‍यक्षहरू, प्रान्‍तका बड़ाहाकिमहरू, इलाका अधिकारीहरू, राज्‍यपालहरू, र सल्‍लाहकारहरू, सबैले यो मन्‍जूर गरेका छन्, कि राजाले एउटा आदेश निकाल्‍नुपर्छ र त्‍यस आदेशलाई लागू गर्नुपर्छ, जसअनुसार आगामी तीस दिनसम्‍म हजूरबाहेक कुनै देवता वा मानिसलाई कसैले प्रार्थना गरे भने, हे महाराजा त्‍यस्‍ता व्‍यक्ति सिंहको खोरमा फालिनेछन्‌। अब हे महाराजा, लिखित रूपमा यो आदेश निकाल्‍नुहोस्, र खारेज हुन नसक्‍ने मादी र फारसीहरूका ऐनबमोजिम यो आदेश बदली हुनेछैन।” यसैकारण राजा दाराले लिखित रूपमा यो आदेश निकाले। जब दानिएलले त्‍यो आदेश प्रकाशित भएको थाहा पाए, तिनी आफ्‍नो घरको माथिल्‍लो तलाको कोठामा गए, जहाँ झ्‍यालहरू यरूशलेमतिर खुला थिए। पहिलेजस्‍तै तिनी दिनमा तीन पल्‍ट घुँड़ा टेकी परमेश्‍वरलाई धन्‍यवाद दिँदै प्रार्थना गर्थे। तब ती मानिसहरू समूह बनाएर गए र दानिएलले परमेश्‍वरसँग सहायताको लागि प्रार्थना गरिरहेका उनीहरूले भेट्टाए। यसकारण उनीहरू राजाकहाँ गए र उनलाई उनको राजकीय आदेशको बारेमा भने, “हे महाराजा, के आगामी तीस दिनको अवधिभर जसले हजूरलाई बाहेक अन्‍य कुनै देवता वा मानिसलाई प्रार्थना गर्छ, त्‍यो सिंहको खोरमा फ्‍याँकिनेछ भनी हजूरले एउटा आदेश प्रकाशित गर्नुभएको छैन र?” राजाले जवाफ दिए, “हो, मादीहरू र फारसीहरूका ऐनबमोजिम, जुनचाहिँ खारेज हुन सक्‍दैन, त्‍यो आदेश स्‍थायी छ।”

शेयर गर्नुहोस्
दानिएल 6 पढ्नुहोस्

दानिएल 6:5-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

आखिरमा ती मानिसहरूले भने, “उनको परमेश्‍वरको विधि-विधानका कुराहरूमा बाहेक हामीले तिनको विरुद्धमा अभियोग लगाउने आधार कहिल्यै पनि भेट्टाउनेछैनौँ।” यसकारण ती प्रशासकहरू र राज्यपालहरू एक समूह भई राजाकहाँ गएर भने: “महाराजा दारा, अमर रहून्! राजकीय प्रशासकहरू, बडाहाकिमहरू, सहायक हाकिमहरू, सल्‍लाहकारहरू र राज्यपालहरू सबै यस विषयमा सहमत भएका छौँ, कि राजाले यो आदेश जारी गर्नलाई एउटा उर्दी निकालून्, जसअनुसार आउँदा तीस दिनहरूमा जजसले हे महाराजा, तपाईंबाहेक, अरू कुनै देवता अथवा कुनै पनि मानिसलाई प्रार्थना गर्छ भने त्यसलाई सिंहको खोरमा फालियोस्। अब हे महाराजा, यो उर्दी जारी गरेर यसलाई लिखित रूपमा दिनुहोस्, ताकि यो बदली नहोस्—जस्तो मादी र परसीयनहरूको नियम छ, जुन रद्द हुन सक्दैन।” यसकारण राजा दाराले लिखित रूपमा उर्दी निकाले। अनि जब त्यो उर्दी प्रकाशित भएको कुरा दानिएलले थाहा पाए, तब तिनी आफ्ना घरभित्र गए; अनि माथिल्‍लो कोठामा पसे, जहाँ यरूशलेमतिर फर्किएका झ्यालहरू थिए। तिनले सधैँ गरेझैँ दिनमा तीन पल्ट घुँडा टेकी परमेश्‍वरलाई धन्यवाद दिँदै प्रार्थना गरे। तब ती मानिसहरू समूह बाँधेर गए, र दानिएललाई प्रार्थना गरिरहेका र परमेश्‍वरसित सहायता मागिरहेका भेट्टाए। यसकारण तिनीहरू राजाकहाँ गए, र तिनीसित तिनको राजकीय उर्दीको बारेमा कुरा गरे: “हे महाराजा, के तपाईंले आउँदा तीस दिनहरूमा तपाईंबाहेक अरू कुनै देवता, अथवा मानिसलाई प्रार्थना गर्ने जोसुकै पनि सिंहको खोरमा फ्याँकिनेछ भनेर एउटा उर्दी निकाल्नुभएको होइन र?” राजाले जवाफ दिए, “मादीहरू र परसीयनहरूको विधि-विधानअनुसार त्यो उर्दी पक्‍का छ—जुन कहिल्यै रद्द हुन सक्दैन।”

शेयर गर्नुहोस्
दानिएल 6 पढ्नुहोस्

दानिएल 6:5-12 पवित्र बाइबल (NERV)

यसैले ती मानिसहरूले भने, “अहिले सम्म हामीले दानियलको कुनै दोष भेट्टाउन सकेनौ, यसैले दोष देखाउनको निम्ति यस्तो कुरा खोज्नु पर्छ जुन परमेश्वरको नियमसँग सम्बन्धित होस्।” त्यसपछि ती मंत्रिहरू र सल्लाकारहरू अनि प्रान्तका बडाहाकिमहरूले राजाकहाँ आएर भने, “राजा दारा अमर रहुन। राज्यको हामी सबै मंत्रि, शासक, प्रान्तीय बडा हाकिम, भारादार र प्रदेशपालहरू सल्लाह गरेर सहमत भएकाछौं कि राजाले एउटा यस्तो विशेष नियम कायम राख्नुहोस्, अनि प्रत्येक मानिसले त्यो नियम पालन गर्नुपर्ने होस्, यस्तो नियम होस् कुनै पनि मानिसले तपाईंलाई छोडेर अर्को कुनै मानिस अथवा देवताको पूजा तीस दिन सम्म गर्यो भने, त्यसलाई सिंहको खोरमा हालेर मारियोस्। अब हे राजा! लिखित रूपमा नियम बनाएर हस्ताक्षर गरिदिनु होस्। त्यो बदली हुन नपाओस्, किनकि मादी र फारसिहरूको नियम न त बद्ली हुन्छ न त मेट्टिन्छ।” यसैले राजा दाराले यो नियम बनाएर हस्ताक्षर गरे। दानियलले प्रत्येक दिन तीन पल्ट परमेश्वरलाई प्रार्थना गर्थे, प्रत्येक दिन तीन पल्ट दानियल घुँडा टेकेर परमेश्वरको प्रार्थना अनि प्रशंसा गर्थो जब दानियलले यो नयाँ नियमको विषयमा सुने ऊ उसको घरमा गए। दानियल उसको घरको छतमाथि गए। दानियल झ्यालतिर गए त्यो यरूशलेमपट्टि खोलिएको थियो। तब दानियलले सधैँ जस्तै उनको घुँडा टेकेर प्रार्थना गरे। उनका दुश्मनहरूले दानियललाई पक्रने मौका हेरिरहेका थिए र दानियललाई परमेश्वरको प्रार्थना गर्दै गरेको भेट्टाए। त्यसपछि उनीहरू राजा भएकहाँ आएर उनलाई त्यो नियमको विषयमा सम्झना गराए। “हे राजा! तपाईंले यस्तो कानून बनाउँनु भएको होइन कि तीस दिनभित्र तपाईंलाई बाहेक कसैले अरू कुनै देवता वा मानिसलाई बिन्ति प्रार्थना गर्यो भने त्यसलाई सिंहको खोरमा हालिने छ?” राजाले जवाफ दिए, “हो यो निश्चय गरिएको हो। मादि र फारसीहरूको कानून स्थायी हुन्छ।”

शेयर गर्नुहोस्
दानिएल 6 पढ्नुहोस्

दानिएल 6:5-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिनीहरूले आपसमा यसो भने, “उसकै धर्मसम्‍बन्‍धी काम कुरामा दानिएलको दोष देखाउन सक्‍यौं भने मात्र, नत्र अरू कुरामा हामी उसलाई दोष दिन सक्‍दैनौं।” यसकारण तिनीहरू राजालाई भेट्‍न गए र भने, “दारा राजा, हजुरको दीर्घायु होस्! हजुरको राज्‍यमा शासन गर्न खटाइएका हामी सबै मन्‍त्रीहरू, बडा-हाकिमहरू, सहायक-हाकिमहरू र अरू भारदारहरूले यस्‍तो मतो गरेका छौं कि हजुरले अब एउटा आदेश दिनुपर्‍यो र त्‍यसलाई ठीकसित पालन गर्न लाउनुपर्‍यो। हजुरलाई बाहेक अरू कुनै देवता वा मानिसलाई तीस दिनसम्‍म केही प्रार्थना चढाउन पाइनेछैन भनी आदेश दिनुहोस्। कसैले त्‍यो आदेश पालन गरेन भने त्‍यसलाई सिंहको खोरमा फालियोस्। महाराजले यस्‍तो आदेश निकालेर आफ्‍नो सही-छाप दिनुहोस् र त्‍यो आदेश लागू गरिनेछ र हेर-फेर गर्न नसकिने मादी र फारसीहरूको कानुन बन्‍नेछ।” यसरी दारा राजाले त्‍यस्‍तो आदेश सही-छाप दिई निकाले। त्‍यस्‍तो आदेश निकालिएको थाहा पाएर दानिएल आफ्‍नो घर गए। उनको घरको माथिल्‍लो कोठाका झ्‍यालहरू यरूशलेमपट्टि फर्केका थिए। त्‍यहाँ सधैँ गरेझैँ खुल्‍ला झ्‍यालहरूतिर फर्की घुँडा टेकेर उनले परमेश्‍वरलाई दिनमा तीनपल्‍ट प्रार्थना गर्ने गरे। दानिएलले परमेश्‍वरलाई प्रार्थना गर्दैगरेको उनका शत्रुहरूले देखे र तिनीहरू सबै एकसाथ दानिएलको दोष देखाउन राजाकहाँ गए। तिनीहरूले भने, “महाराज, हजुरले आउँदा तीस दिनसम्‍म हजुरलाई बाहेक अरू कुनै देवता वा मानिसलाई कसैले प्रार्थना चढायो भने त्‍यसलाई सिंहको खोरमा फालिनेछ भन्‍ने आदेश दिनुभएको थियो।” राजाले भने, “हो, त्‍यो एउटा कडा आदेश थियो र हेर-फेर गर्न नसकिने मादी र फारसीहरूको कानुन हो।”

शेयर गर्नुहोस्
दानिएल 6 पढ्नुहोस्