YouVersion लोगो
खोज आइकन

दानिएल 10:1-6

दानिएल 10:1-6 सरल नेपाली

फारस देशका राजा कोरेसले राज्‍य गरेको तेस्रो वर्षमा दानिएलकहाँ (जसलाई बेलतसजर पनि भन्‍थे) एउटा सन्‍देश आयो। त्‍यो दर्शनको सन्‍देश साँचो थियो र ठूलो युद्धको बारेमा थियो। त्‍यस सन्‍देशको अर्थ उनले दर्शनमा पाए। त्‍यस बेला म दानिएलले तीन हप्‍तासम्‍म शोक गरिरहेको थिएँ। मैले तीन हप्‍ता नबितेसम्‍म कुनै स्‍वादिष्‍ट भोजन खाइनँ, मासु खाइनँ, दाखमद्य पिइनँ, केश कोरिनँ। त्‍यस वर्षको पहिलो महिनाको चौबीसौँ दिनमा म ठूलो टाइग्रिस नदीको किनारमा खडा थिएँ। मैले मास्‍तिर हेरें र एक जना मिहिन सुती लुगा लाएका र कमरमा निखुर सुनको पेटी बाँधेका मानिसलाई देखें। उनको शरीर मणिझैँ चम्‍कन्‍थ्‍यो, अनुहार बिजुली चम्‍केझैँ उज्‍यालो थियो र आँखा राँकोझैँ बल्‍दथे। उनका हात-पाउ टल्‍काइएका काँसाझैँ टल्‍कन्‍थे र सोरचाहिँ एउटा ठूलो भीडको आवाजझैँ सुनिन्‍थ्‍यो।

दानिएल 10 पढ्नुहोस्