YouVersion लोगो
खोज आइकन

दानिएल 10:1-6

दानिएल 10:1-6 NNRV

फारसका राजा कोरेसको तेस्रो वर्षमा दानिएललाई (जसलाई बेलतसजर भनिन्‍थ्‍यो) एउटा दर्शन दिइयो। यस दर्शनको सन्‍देश सत्‍य थियो र यो एक ठूलो लड़ाइँको बारेमा थियो। त्‍यस सन्‍देशको अर्थ तिनलाई दर्शनमा प्राप्‍त भएको थियो। त्‍यस बेला म, दानिएल, तीन हप्‍तासम्‍म शोक गर्दैरहें। मैले कुनै मीठो खाना खाइनँ, न मासु न दाखमद्य मेरो मुखमा पर्‍यो, र तीन हप्‍ता नबितेसम्‍म मैले कुनै पनि किसिमको तेल घसिनँ। पहिलो महिनाको चौबीसौँ दिनमा ठूलो नदी टाइग्रिसको किनारमा जसै म उभिरहेको थिएँ, मैले माथि हेरें र मेरो अगि कम्‍मरमा अति राम्रो सुनको पेटी बाँधी सूतीको लुगा लगाएका एक जना मानिसलाई देखें। तिनको शरीर पीतमणिजस्‍तै चहकिलो थियो, तिनको अनुहार बिजुलीझैँ चम्‍कन्‍थ्‍यो, तिनका आँखा राँकोझैँ बलिरहेका थिए। तिनका हात र खुट्टाहरू टल्‍काइएको काँसोजस्‍तै र तिनको स्‍वर ठूलो भीड़को स्‍वरझैँ थिए।