YouVersion लोगो
खोज आइकन

प्रेरित 7:44-50

प्रेरित 7:44-50 सरल नेपाली

“उजाड-स्थानमा हाम्रा पिता-पुर्खासँग ‘परमेश्‍वरको उपस्‍थिति देखाउने’ पवित्र पाल थियो। मोशाले त्‍यो पवित्र पालचाहिँ परमेश्‍वरले देखाइदिनुभएको नमुनाअनुसार नै बनाएका थिए। परमेश्‍वरले यो देशमा बस्‍ने अरू जातिका मानिसहरूलाई खेद्‌नुभयो र यहोशूले यो देश जितेर लिंदा उनीहरूले त्‍यो पवित्र पाल यस देशमा ल्‍याए। त्‍यसपछि राजा दाऊदको पालासम्‍म त्‍यो पवित्र पाल उनीहरूसँगै रहिरह्यो। राजा दाऊद परमेश्‍वरको दयाको पात्र थिए र उनले याकूबका परमेश्‍वरलाई ‘तपाईंको वासस्‍थान बनाउन पाऊँ’ भनी बिन्‍ती गरे। उनका छोरा सोलोमनले त्‍यो मन्‍दिर बनाए। “तर महान् परमेश्‍वर त मानिसहरूले बनाएको मन्‍दिरमा बास गर्नुहुन्‍न। जसरी अगमवक्ताले पनि भनेका छन्– परमेश्‍वर भन्‍नुहुन्‍छ, ‘स्‍वर्ग मेरो सिंहासन हो अनि पृथ्‍वी मेरो पाउदान हो। तब तिमीहरूले मेरो लागि कस्‍तो खालको मन्‍दिर बनाउँछौ? मेरो विश्राम गर्ने ठाउँ कहाँ छ? के यी सबै कुरा मैले नै बनाएको होइनँ र?’

प्रेरित 7 पढ्नुहोस्

Video for प्रेरित 7:44-50