YouVersion लोगो
खोज आइकन

प्रेरित 7:44-50

प्रेरित 7:44-50 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“उजाड-स्थानमा हाम्रा पिता-पुर्खासँग ‘परमेश्‍वरको उपस्‍थिति देखाउने’ पवित्र पाल थियो। मोशाले त्‍यो पवित्र पालचाहिँ परमेश्‍वरले देखाइदिनुभएको नमुनाअनुसार नै बनाएका थिए। परमेश्‍वरले यो देशमा बस्‍ने अरू जातिका मानिसहरूलाई खेद्‌नुभयो र यहोशूले यो देश जितेर लिंदा उनीहरूले त्‍यो पवित्र पाल यस देशमा ल्‍याए। त्‍यसपछि राजा दाऊदको पालासम्‍म त्‍यो पवित्र पाल उनीहरूसँगै रहिरह्यो। राजा दाऊद परमेश्‍वरको दयाको पात्र थिए र उनले याकूबका परमेश्‍वरलाई ‘तपाईंको वासस्‍थान बनाउन पाऊँ’ भनी बिन्‍ती गरे। उनका छोरा सोलोमनले त्‍यो मन्‍दिर बनाए। “तर महान् परमेश्‍वर त मानिसहरूले बनाएको मन्‍दिरमा बास गर्नुहुन्‍न। जसरी अगमवक्ताले पनि भनेका छन्– परमेश्‍वर भन्‍नुहुन्‍छ, ‘स्‍वर्ग मेरो सिंहासन हो अनि पृथ्‍वी मेरो पाउदान हो। तब तिमीहरूले मेरो लागि कस्‍तो खालको मन्‍दिर बनाउँछौ? मेरो विश्राम गर्ने ठाउँ कहाँ छ? के यी सबै कुरा मैले नै बनाएको होइनँ र?’

शेयर गर्नुहोस्
प्रेरित 7 पढ्नुहोस्

प्रेरित 7:44-50 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“उजाड-स्‍थानमा हाम्रा पुर्खाहरूका गवाहीको मण्‍डप थियो। मोशाले देखेका नमूनाबमोजिम परमेश्‍वरको आदेशअनुसार यो बनिएको थियो। हाम्रा पुर्खाहरूले पनि उनीहरूको पालोमा अन्‍यजातिहरूको देश अधिकारमा ल्‍याउँदा यहोशूको साथमा त्‍यो तम्‍बू ल्‍याए। दाऊदको पालोसम्‍मै त्‍यो त्‍यहीँ रह्यो। तिनले परमेश्‍वरको निगाह पाए, र याकूबका परमेश्‍वरको निम्‍ति एउटा वासस्‍थान बनाउने अनुमति मागे। तर उहाँको निम्‍ति भवनचाहिँ सोलोमनले बनाए। “तर हातले बनाएका भवनहरूमा परमेश्‍वर वास गर्नुहुन्‍न, जस्‍तो अगमवक्ताले भनेका छन्, ‘मेरो सिंहासन स्‍वर्ग हो, र पृथ्‍वी मेरो खुट्टाको पाउदान, तिमीहरूले मेरो निम्‍ति कस्‍तो भवन बनाउने हो? परमप्रभु भन्‍नुहुन्‍छ, मेरो विश्रामको ठाउँ कुन हो? के यी सबै थोक मेरै हातले बनाएका होइनन्‌ र?’

शेयर गर्नुहोस्
प्रेरित 7 पढ्नुहोस्

प्रेरित 7:44-50 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“उजाडस्थानमा हाम्रा पुर्खाहरूसँग साक्षीको पाल थियो। परमेश्‍वरले निर्देशन दिनुभएझैँ र मोशाले देखेअनुसारको ढाँचामा त्यसलाई बनाइएको थियो। त्यो पाल प्राप्‍त गरेपछि यहोशूको निर्देशनमा हाम्रा पुर्खाहरूले त्यसलाई परमेश्‍वरले गैरयहूदीहरूबाट खाली गराउनुभएको देशमा ल्याए। दावीदको समयसम्म त्यो पाल त्यहीँ रह्‍यो। दावीदले परमेश्‍वरको प्रशस्त कृपा पाए। अनि याकोबका परमेश्‍वरका निम्ति एउटा वासस्थान निर्माण गर्ने अनुमति मागे। तर यो वासस्थानचाहिँ सोलोमनले बनाए। “तथापि मानिसहरूद्वारा निर्माण गरिएका भवनहरूमा सर्वोच्‍च परमेश्‍वर बास गर्नुहुन्‍न। यस कुरालाई अगमवक्ताले यसरी भनेका छन्: “ ‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान हो। मेरा निम्ति तिमीहरूले कस्तो वासस्थान बनाउँछौ? परमेश्‍वर भन्‍नुहुन्छ। वा मेरो विश्रामस्थल कहाँ हुनेछ? के मेरै हातले यी सबै थोक बनाएको होइन र?’

शेयर गर्नुहोस्
प्रेरित 7 पढ्नुहोस्

प्रेरित 7:44-50 पवित्र बाइबल (NERV)

“हाम्रा पुर्खाहरूसँग मरूभूमिमा पवित्र मण्डप थियो। कसरी तम्बू बनाउनु मोशालाई परमेश्वरले बताउनु भयो। तिनले परमेश्वरले देखाउनु भएको योजना अनुसार बनाए। तब यहोशूले हाम्रा पुर्खाहरूलाई अरू राष्ट्रहरूको जमीन हत्याउनुमा अगुवाइ गरे। हाम्रा मानिस जमीनभित्र पसे अनि परमेश्वरले अन्य राष्ट्रहरूलाई बाहिर खेद्नु भयो। जब हाम्रा मानिसहरू त्यस नयाँ जमीनमा गए, तिनीहरूले आफूसित त्यही मण्डप लगेर गए। हाम्रा मानिसहरूले त्यो मण्डप आफ्ना पुर्खाहरूबाट प्राप्त गरेका थिए, अनि तिनीहरूले त्यसलाई दाऊदको समय सम्म जोगाएर राखे। परमेश्वर दाऊदसँग अत्यन्त खुशी हुनुभयो। दाऊदले परमेश्वरलाई याकूबको परमेश्वरका निम्ति भवन निर्माण गर्न दिनुहोस् भनी परमेश्वरलाई आग्रह गरे। तर सुलेमान (दाऊद का पुत्र) एक मानिस थिए जसले उहाँको लागि मन्दिर निर्माण गरे। “तर मानिसको हातले बनाएको मन्दिरमा सर्वोच्च परमेश्वर बस्नु हुन्न। जस्तो अगमवक्ताले भन्छन्: ‘परमप्रभु भन्नुहुन्छ, स्वर्ग मेरो सिंहासन हो। पृथ्वी त्यो ठाउँ हो जहाँ मेरा खुट्टाहरू आराम गर्छन्। कस्तो प्रकारको घर तिमी मेरो लागि बनाउन सक्छौ? मैले आराम गर्न सक्ने स्थान त्यहाँ कहाँ छ? के मेरा हातहरूले यी सबै कुराहरू बनाएको होइनन्?’”