“उजाडस्थानमा हाम्रा पुर्खाहरूसँग साक्षीको पाल थियो। परमेश्वरले निर्देशन दिनुभएझैँ र मोशाले देखेअनुसारको ढाँचामा त्यसलाई बनाइएको थियो। त्यो पाल प्राप्त गरेपछि यहोशूको निर्देशनमा हाम्रा पुर्खाहरूले त्यसलाई परमेश्वरले गैरयहूदीहरूबाट खाली गराउनुभएको देशमा ल्याए। दावीदको समयसम्म त्यो पाल त्यहीँ रह्यो। दावीदले परमेश्वरको प्रशस्त कृपा पाए। अनि याकोबका परमेश्वरका निम्ति एउटा वासस्थान निर्माण गर्ने अनुमति मागे। तर यो वासस्थानचाहिँ सोलोमनले बनाए। “तथापि मानिसहरूद्वारा निर्माण गरिएका भवनहरूमा सर्वोच्च परमेश्वर बास गर्नुहुन्न। यस कुरालाई अगमवक्ताले यसरी भनेका छन्: “ ‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान हो। मेरा निम्ति तिमीहरूले कस्तो वासस्थान बनाउँछौ? परमेश्वर भन्नुहुन्छ। वा मेरो विश्रामस्थल कहाँ हुनेछ? के मेरै हातले यी सबै थोक बनाएको होइन र?’
प्रेरित 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 7:44-50
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू