“त्यसै समयमा मोशाको जन्म भयो। उनलाई परमेश्वरले मन पराउनुभएको थियो। उनका आमा-बुबाले उनलाई तीन महिनासम्म घरमै लुकाएर पाले। तर पछि लुकाउन नसकेर घरबाहिर राख्दा फारोकी छोरीले उनलाई लगेर आफ्नै छोरो बनाएर पालिन्। उनले पढेर मिश्रीहरूको सबै ज्ञान पाए। उनी बोलचाल र कामकाजमा सिपालु हुँदै गए। “जब मोशा चालीस वर्ष पुगे, उनले आफ्ना इस्राएली जातिलाई भेट्ने इच्छा गरे। एक दिन उनले एउटा मिश्रीले एउटा इस्राएलीलाई पिटिरहेको देखे। उनले त्यस इस्राएलीको रक्षा गरे र बदला लिएर मिश्रीलाई मारे। परमेश्वरले मोशाद्वारा नै इस्राएलीहरूलाई छुट्कारा दिन लाग्नुभएको छ भनी आफ्नै मानिसहरूले बुझ्लान् भन्ने मोशाले सोचेका थिए। तर तिनीहरूले यो कुरा बुझेनन्। “भोलिपल्ट मोशाले दुई जना इस्राएली नै कुटाकुट गरिरहेका देखे। तिनीहरूलाई मिलाउने कोसिस गर्दै उनले भने, ‘तिमीहरू दाजुभाइ भएर पनि किन यसरी आपसमा झगडा गर्छौ?’ तर हेप्ने इस्राएलीले मोशालाई एकातिर घचेट्दै भन्यो, ‘कसले तँलाई हामीमाथि राजा र न्यायाधीश बनाएर पठायो? हिजो त्यस मिश्रीलाई मारेजस्तै के मलाई पनि मार्न खोज्छस्?’ यस्तो कुरा सुनेपछि मोशा मिश्रदेशबाट भागे। उनी मिद्यान भन्ने देशमा बसोबास गर्न लागे। त्यहाँ रहँदा-बस्दा उनका दुईटा छोरा भए। “चालीस वर्ष बितेपछि सीनै पर्वतको उजाड-स्थानमा जलिरहेको पोथ्राको ज्वालामा एउटा स्वर्गदूत मोशाकहाँ देखा परे। यो देखेर मोशा छक्कै परे अनि राम्ररी हेर्नलाई त्यस झाडीको नजिकै जाँदा उनले प्रभुको आवाज सुने, ‘म तेरा पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबका परमेश्वर हुँ’। यो सुनेर मोशा डरले थरथर काँप्न थाले र उनले हेर्ने साहससम्म पनि गरेनन्। प्रभुले मोशालाई भन्नुभयो, ‘तेरो जुत्ता फुकाल् किनकि तँ उभिएको ठाउँ पवित्र छ। मिश्रदेशमा भएका मेरा मानिसहरूले दु:ख-कष्ट भोगेको मैले देखेको छु र तिनीहरूको छटपटी र बिलौना सुनेको छु। म तिनीहरूलाई बचाउन आएको हुँ र यस कामको लागि म तँलाई मिश्रदेशमा पठाउनेछु’। “यिनै मोशा हुन्, जसलाई आफ्नै जातिले यसो भनी त्यागेका थिए, ‘कसले तँलाई हामीमाथि राजा र न्यायाधीश बनाएर पठायो?’ बलिरहेको झाडीमा यिनीसँग स्वर्गदूतद्वारा परमेश्वरले बोल्नुभयो र उनले नै इस्राएलीहरूलाई छुट्कारा दिन र तिनीहरूमाथि अगुवा हुनलाई ठहराएर पठाउनुभयो। उनले नै इस्राएलीहरूलाई मिश्रदेशबाट बाहिर निकाले अनि परमेश्वरले प्रतिज्ञा गर्नुभएको देशमा जाँदा मिश्रदेश, लाल समुद्र र उजाड-स्थानहरूमा उनले चालीस वर्षसम्म अचम्मका काम र चिन्हहरू देखाए। उनै मोशाले इस्राएलीहरूलाई भनेका थिए, ‘परमेश्वरले तिमीहरूका आफ्नै दाजुभाइका बीचबाट मजस्तो एक जना अगमवक्ता तिमीहरूकहाँ पठाइदिनुहुनेछ’। इस्राएलीहरू उजाड-स्थानमा सीनै पर्वतको फेदमा भेला हुँदा मोशा तिनीहरूसँगै थिए। स्वर्गदूत सीनै पर्वतमा उनैसँग बोल्ने गर्थे र उनले नै स्वर्गदूतबाट पाएको जिउँदो शिक्षा इस्राएलीहरूलाई सुनाए।
प्रेरित 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 7:20-38
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू