“परमेश्वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञा पूरा हुने बेला आउनै लागेको थियो। त्यसै बेला हाम्रा इस्राएली मानिसहरूको सङ्ख्या मिश्रदेशमा बढेर धेरै भइसकेको थियो। आखिरमा योसेफलाई नचिन्ने एक जना नयाँ राजाले मिश्रदेशमा राज्य गर्न थाले। तिनले हाम्रा पिता-पुर्खाको विरोधमा जाल रचे र तिनीहरूलाई अत्याचार गरे। तिनले इस्राएलीहरूका बालकहरूलाई मरून् भनेर जन्मनासाथ जबरजस्ती घरदेखि बाहिर फाल्न लाउँथे। “त्यसै समयमा मोशाको जन्म भयो। उनलाई परमेश्वरले मन पराउनुभएको थियो। उनका आमा-बुबाले उनलाई तीन महिनासम्म घरमै लुकाएर पाले। तर पछि लुकाउन नसकेर घरबाहिर राख्दा फारोकी छोरीले उनलाई लगेर आफ्नै छोरो बनाएर पालिन्। उनले पढेर मिश्रीहरूको सबै ज्ञान पाए। उनी बोलचाल र कामकाजमा सिपालु हुँदै गए। “जब मोशा चालीस वर्ष पुगे, उनले आफ्ना इस्राएली जातिलाई भेट्ने इच्छा गरे। एक दिन उनले एउटा मिश्रीले एउटा इस्राएलीलाई पिटिरहेको देखे। उनले त्यस इस्राएलीको रक्षा गरे र बदला लिएर मिश्रीलाई मारे। परमेश्वरले मोशाद्वारा नै इस्राएलीहरूलाई छुट्कारा दिन लाग्नुभएको छ भनी आफ्नै मानिसहरूले बुझ्लान् भन्ने मोशाले सोचेका थिए। तर तिनीहरूले यो कुरा बुझेनन्। “भोलिपल्ट मोशाले दुई जना इस्राएली नै कुटाकुट गरिरहेका देखे। तिनीहरूलाई मिलाउने कोसिस गर्दै उनले भने, ‘तिमीहरू दाजुभाइ भएर पनि किन यसरी आपसमा झगडा गर्छौ?’ तर हेप्ने इस्राएलीले मोशालाई एकातिर घचेट्दै भन्यो, ‘कसले तँलाई हामीमाथि राजा र न्यायाधीश बनाएर पठायो? हिजो त्यस मिश्रीलाई मारेजस्तै के मलाई पनि मार्न खोज्छस्?’ यस्तो कुरा सुनेपछि मोशा मिश्रदेशबाट भागे। उनी मिद्यान भन्ने देशमा बसोबास गर्न लागे। त्यहाँ रहँदा-बस्दा उनका दुईटा छोरा भए।
प्रेरित 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 7:17-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू