YouVersion लोगो
खोज आइकन

प्रेरित 7:17-29

प्रेरित 7:17-29 NNRV

“तर जब परमेश्‍वरले अब्राहामलाई गर्नुभएको करार पूरा हुने समय नजिक आयो तब मिश्रदेशमा ती मानिसहरू बढ्‌न लागे, र तिनीहरूको संख्‍यामा वृद्धि भयो। तब मिश्रदेशमा योसेफलाई नचिन्‍ने अर्का राजा खड़ा भए। उनले हाम्रा जातिसँग धूर्तताको व्‍यवहार गरे, र हाम्रा पुर्खाहरूलाई तिनका शिशुहरू बाहिर ल्‍याएर राख्‍न कर लाउँथे, र यसरी भर्खर जन्‍मेका सबै शिशुहरू मर्थे। “यसै बेला मोशाको जन्‍म भयो। तिनी परमेश्‍वरको दृष्‍टिमा सुन्‍दर थिए। तिनी तीन महिनासम्‍म आफ्‍ना पिताको घरमा पालिए। तिनी बाहिर फालिएपछि फारोकी छोरीले तिनलाई उठाएर लगिन्, र आफ्‍नै छोरा तुल्‍याएर पालिन्‌। मोशालाई मिश्रीहरूका सारा विद्यामा शिक्षा दिइ‍यो, र मोशा आफ्‍ना वचन र काममा शक्तिशाली भए। “जब तिनी चालीस वर्षका भए, तब आफ्‍ना इस्राएली दाजुभाइहरूलाई भेट गर्ने इच्‍छा तिनको हृदयमा उठ्यो। आफ्‍ना जातभाइमध्‍ये एक जनामाथि अन्‍याय भइरहेको देखेर, तिनले त्‍यसलाई रक्षा गरे, र त्‍यस अन्‍याय गर्ने मिश्रीलाई मारी आफ्‍ना भाइमाथि भएको अत्‍याचारको बदला लिए। परमेश्‍वरले मेरो हातबाट तिनीहरूको उद्धार गर्नुहुन्‍छ भन्‍ने मेरा भाइबन्‍धुले बुझ्‍लान्‌ भन्‍ने तिनले विचार गरेका थिए। तर तिनीहरूले सो बुझेनन्‌। भोलिपल्‍ट तिनीहरू नै आपसमा झगड़ा गरिरहेको बेलामा तिनी आए, र तिनीहरूलाई मिलाउने कोसिस गरेर भने, ‘मानिस हो, तिमीहरू त दाजुभाइ हौ, तब किन एउटाले अर्कालाई अन्‍याय गर्छौ?’ “तर आफ्‍नो छिमेकीमाथि अन्‍याय गर्नेले तिनलाई यसो भनेर घचेटिदियो, ‘हामीमाथि हाकिम र न्‍यायकर्ता हुन तिमीलाई कसले नियुक्त गर्‍यो? हिजो त्‍यस मिश्रीलाई मारेजस्‍तो तिमी मलाई पनि मार्न चाहन्‍छौ?’ यस्‍तो जवाफ सुनेर मोशा भागेर मिद्यान देशमा गई प्रवासी भए। त्‍यहाँ तिनका दुई छोराहरू जन्‍मे।

Video for प्रेरित 7:17-29