YouVersion लोगो
खोज आइकन

प्रेरित 7:17-29

प्रेरित 7:17-29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“अब्राहामसँग परमेश्‍वरले गर्नुभएको प्रतिज्ञा पूरा गर्नुपर्ने समय नजिक आउँदैथियो। इजिप्टमा हाम्रा मानिसहरूको संख्या तीब्र गतिले बढ्यो। तब इजिप्टमा योसेफलाई नचिनेका एक जना नयाँ राजाले शासन गर्न थाले। राजाले हाम्रा मानिसहरूमाथि अन्यायपूर्ण तरिकाले व्यवहार गरे। अनि हाम्रा पुर्खाहरूलाई आतङ्कित बनाएर तिनीहरूका भर्खरै जन्मेका शिशुहरूलाई बाहिर फ्याँक्न बाध्य पारे, ताकि ती शिशुहरूको मृत्यु होस्। “त्यसै समयमा मोशाको जन्म भयो र उनी कुनै साधारण बालक थिएनन्! तीन महिनासम्म उनको हेरविचार आफ्नै बुबाको घरमा भयो। जब उनलाई बाहिर राखियो, तब फारोकी छोरीले तिनलाई उठाइन् र घरमा ल्याएर आफ्नै छोराको रूपमा पालनपोषण गरिन्। मोशालाई इजिप्टको सबै ज्ञानको शिक्षा दिइयो। तिनी बोल्नमा र कामहरूमा शक्तिशाली भए। “जब मोशा चालीस वर्ष पुगे, तब तिनले आफ्ना इस्राएली मानिसहरूलाई भेट्ने निर्णय गरे। यसैक्रममा उनीहरूमध्ये एउटालाई एक इजिप्टियनले दुर्व्यवहार गरिरहेको देखेर तिनी उसलाई बचाउन गए। अनि त्यस मानिसलाई हत्या गरेर दुर्व्यवहारमा परेको मानिसको बदला लिए। तिनीहरूलाई त्यस कष्‍टबाट छुटकारा दिलाउन परमेश्‍वरले तिनलाई प्रयोग गरिरहनुभएको कुरा आफ्ना मानिसहरूले बुझ्लान् भनी मोशाले सोचेका थिए। तर तिनीहरूले त्यो कुरा बुझ्न सकेनन्। भोलिपल्ट दुई जना इस्राएलीहरू झगडा गरिरहेका मोशाले देखेर तिनीहरूलाई भने, ‘हे भाइहरू हो, तिमीहरू त दाजुभाइ हौ। तिमीहरू किन एक-अर्काका विरुद्ध यसरी लडिरहेका छौ?’ यसो भनेर तिनले ती दुवैमा मिलाप गराउने प्रयत्न गरे। “तर जुनचाहिँ मानिसले अर्कोलाई दुर्व्यवहार गरिरहेको थियो, त्यसले मोशालाई एकातिर घचेट्दै भन्यो, ‘तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता नियुक्त गर्‍यो? के तिमीले हिजो त्यस इजिप्टियनलाई मारेझैँ मलाई पनि मार्ने विचार गर्दैछौ?’ यस्तो जवाफ सुनेपछि मोशा त्यहाँबाट भागेर मिद्यान देशमा गए, जहाँ एउटा परदेशीका रूपमा तिनी बस्‍न थाले। त्यहीँ तिनका दुई छोराहरू जन्मे।

शेयर गर्नुहोस्
प्रेरित 7 पढ्नुहोस्

प्रेरित 7:17-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“तर जब परमेश्‍वरले अब्राहामलाई गर्नुभएको करार पूरा हुने समय नजिक आयो तब मिश्रदेशमा ती मानिसहरू बढ्‌न लागे, र तिनीहरूको संख्‍यामा वृद्धि भयो। तब मिश्रदेशमा योसेफलाई नचिन्‍ने अर्का राजा खड़ा भए। उनले हाम्रा जातिसँग धूर्तताको व्‍यवहार गरे, र हाम्रा पुर्खाहरूलाई तिनका शिशुहरू बाहिर ल्‍याएर राख्‍न कर लाउँथे, र यसरी भर्खर जन्‍मेका सबै शिशुहरू मर्थे। “यसै बेला मोशाको जन्‍म भयो। तिनी परमेश्‍वरको दृष्‍टिमा सुन्‍दर थिए। तिनी तीन महिनासम्‍म आफ्‍ना पिताको घरमा पालिए। तिनी बाहिर फालिएपछि फारोकी छोरीले तिनलाई उठाएर लगिन्, र आफ्‍नै छोरा तुल्‍याएर पालिन्‌। मोशालाई मिश्रीहरूका सारा विद्यामा शिक्षा दिइ‍यो, र मोशा आफ्‍ना वचन र काममा शक्तिशाली भए। “जब तिनी चालीस वर्षका भए, तब आफ्‍ना इस्राएली दाजुभाइहरूलाई भेट गर्ने इच्‍छा तिनको हृदयमा उठ्यो। आफ्‍ना जातभाइमध्‍ये एक जनामाथि अन्‍याय भइरहेको देखेर, तिनले त्‍यसलाई रक्षा गरे, र त्‍यस अन्‍याय गर्ने मिश्रीलाई मारी आफ्‍ना भाइमाथि भएको अत्‍याचारको बदला लिए। परमेश्‍वरले मेरो हातबाट तिनीहरूको उद्धार गर्नुहुन्‍छ भन्‍ने मेरा भाइबन्‍धुले बुझ्‍लान्‌ भन्‍ने तिनले विचार गरेका थिए। तर तिनीहरूले सो बुझेनन्‌। भोलिपल्‍ट तिनीहरू नै आपसमा झगड़ा गरिरहेको बेलामा तिनी आए, र तिनीहरूलाई मिलाउने कोसिस गरेर भने, ‘मानिस हो, तिमीहरू त दाजुभाइ हौ, तब किन एउटाले अर्कालाई अन्‍याय गर्छौ?’ “तर आफ्‍नो छिमेकीमाथि अन्‍याय गर्नेले तिनलाई यसो भनेर घचेटिदियो, ‘हामीमाथि हाकिम र न्‍यायकर्ता हुन तिमीलाई कसले नियुक्त गर्‍यो? हिजो त्‍यस मिश्रीलाई मारेजस्‍तो तिमी मलाई पनि मार्न चाहन्‍छौ?’ यस्‍तो जवाफ सुनेर मोशा भागेर मिद्यान देशमा गई प्रवासी भए। त्‍यहाँ तिनका दुई छोराहरू जन्‍मे।

शेयर गर्नुहोस्
प्रेरित 7 पढ्नुहोस्

प्रेरित 7:17-29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“अब्राहामसँग परमेश्‍वरले गर्नुभएको प्रतिज्ञा पूरा गर्नुपर्ने समय नजिक आउँदैथियो। इजिप्टमा हाम्रा मानिसहरूको संख्या तीब्र गतिले बढ्यो। तब इजिप्टमा योसेफलाई नचिनेका एक जना नयाँ राजाले शासन गर्न थाले। राजाले हाम्रा मानिसहरूमाथि अन्यायपूर्ण तरिकाले व्यवहार गरे। अनि हाम्रा पुर्खाहरूलाई आतङ्कित बनाएर तिनीहरूका भर्खरै जन्मेका शिशुहरूलाई बाहिर फ्याँक्न बाध्य पारे, ताकि ती शिशुहरूको मृत्यु होस्। “त्यसै समयमा मोशाको जन्म भयो र उनी कुनै साधारण बालक थिएनन्! तीन महिनासम्म उनको हेरविचार आफ्नै बुबाको घरमा भयो। जब उनलाई बाहिर राखियो, तब फारोकी छोरीले तिनलाई उठाइन् र घरमा ल्याएर आफ्नै छोराको रूपमा पालनपोषण गरिन्। मोशालाई इजिप्टको सबै ज्ञानको शिक्षा दिइयो। तिनी बोल्नमा र कामहरूमा शक्तिशाली भए। “जब मोशा चालीस वर्ष पुगे, तब तिनले आफ्ना इस्राएली मानिसहरूलाई भेट्ने निर्णय गरे। यसैक्रममा उनीहरूमध्ये एउटालाई एक इजिप्टियनले दुर्व्यवहार गरिरहेको देखेर तिनी उसलाई बचाउन गए। अनि त्यस मानिसलाई हत्या गरेर दुर्व्यवहारमा परेको मानिसको बदला लिए। तिनीहरूलाई त्यस कष्‍टबाट छुटकारा दिलाउन परमेश्‍वरले तिनलाई प्रयोग गरिरहनुभएको कुरा आफ्ना मानिसहरूले बुझ्लान् भनी मोशाले सोचेका थिए। तर तिनीहरूले त्यो कुरा बुझ्न सकेनन्। भोलिपल्ट दुई जना इस्राएलीहरू झगडा गरिरहेका मोशाले देखेर तिनीहरूलाई भने, ‘हे भाइहरू हो, तिमीहरू त दाजुभाइ हौ। तिमीहरू किन एक-अर्काका विरुद्ध यसरी लडिरहेका छौ?’ यसो भनेर तिनले ती दुवैमा मिलाप गराउने प्रयत्न गरे। “तर जुनचाहिँ मानिसले अर्कोलाई दुर्व्यवहार गरिरहेको थियो, त्यसले मोशालाई एकातिर घचेट्दै भन्यो, ‘तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता नियुक्त गर्‍यो? के तिमीले हिजो त्यस इजिप्टियनलाई मारेझैँ मलाई पनि मार्ने विचार गर्दैछौ?’ यस्तो जवाफ सुनेपछि मोशा त्यहाँबाट भागेर मिद्यान देशमा गए, जहाँ एउटा परदेशीका रूपमा तिनी बस्‍न थाले। त्यहीँ तिनका दुई छोराहरू जन्मे।

शेयर गर्नुहोस्
प्रेरित 7 पढ्नुहोस्

प्रेरित 7:17-29 पवित्र बाइबल (NERV)

“मिश्र देशमा यहूदीहरूको संख्या बढेर गयो। त्यहाँ अधिक भन्दा अधिक हाम्रा मानिसहरू उपस्थित थिए। परमेश्वरले अब्राहामलाई दिनु भएको वचन पूरा हुने समय नजिक आइरहेको थियो। त्यसपछि एक अर्को राजाले मिश्र देशमा शासन गर्न थाल्यो। उसले यूसुफको विषयमा केही पनि जानेन्। ती राजाले हाम्रो मानिसहरूलाई हानी पुरयाउन धूर्त तरिकाहरू प्रयोग गरे। उनले तिनीहरूको भर्खर जन्मेका नानीहरू मरोस् भनी बाहिर राख्न वाध्य गराए। “यो त्यसबेलाको कुरा हो जब बालक मोशा जन्मेका थिए। ती एउटा खुबै सुन्दर अनि परमेश्वरलाई खुशी पार्ने बालक थिए। उनलाई तीन महीना सम्म आफ्नो पिताको घरमा पाले। जब तिनीहरूले मोशालाई बाहिर निकाले, फिरऊनकी छोरीले तिनलाई आफ्नै छोरो सरह स्याहार-सुसार गरिन्। मिश्र देशवासीहरूले तिनलाई जानेको प्रत्येक विषयको प्रशिक्षण दिए। तिनी वचन अनि कर्ममा दृढ भए। “जब मोशा चालीस वर्षका भए, उनको आफ्ना यहूदी दाज्यू-भाइहरूलाई भेट्ने निर्णय लिए। मोशाले एक यहूदीलाई मिश्रदेशवासीले नराम्रो व्यवहार गरेको देखे। यसर्थ तिनी त्यो यहूदीको रक्षा गर्न गए अनि त्यो मिश्र देशीलाई मारे जसले यहूदीमाथि कुव्यवहार गरिरहेको थियो। परमेश्वरले उनलाई उनीहरूकै बचाऊको लागि प्रयोग गरिरहनु भएको तिनको यहूदी भाइहरूले बुझ्लान् भन्ने मोशाले सोचे। तर तिनीहरूले त्यो बुझेनन्। “अर्को दिन मोशाले दुइ यहूदीहरूलाई आपसमा झगडा गरेको देखे। उनले तिनीहरूलाई शान्त गराउन खोजे। उनले भने, ‘ए मानिस हो! तिमीहरू दाज्यू-भाइहरू हो! किन तिमीहरू एकार्को प्रति नराम्रो व्यवहार गरिरहेकाछौ?’ जुन मानिसले अर्को मानिससित कुव्यवहार गर्दैथ्यो त्यसले मोशालाई घचेट्यो अनि भन्यो, ‘कसले तिमीलाई हाम्रो शासक अनि न्यायकर्त्ता बनायो? जसरी तिमीले हिजो मिश्र देशवासीलाई मार्यो त्यसरी नै मलाई मार्छौ?’ जब मोशाले त्यस्तो सुने तिनले मिश्रदेश छोडे। उनि मिद्यानको देशमा नौला मानिस जस्तै बस्न थाले अनि त्यहीं उनका दुइ छोराहरू भए।

शेयर गर्नुहोस्
प्रेरित 7 पढ्नुहोस्

प्रेरित 7:17-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“परमेश्‍वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञा पूरा हुने बेला आउनै लागेको थियो। त्‍यसै बेला हाम्रा इस्राएली मानिसहरूको सङ्‍ख्‍या मिश्रदेशमा बढेर धेरै भइसकेको थियो। आखिरमा योसेफलाई नचिन्‍ने एक जना नयाँ राजाले मिश्रदेशमा राज्‍य गर्न थाले। तिनले हाम्रा पिता-पुर्खाको विरोधमा जाल रचे र तिनीहरूलाई अत्‍याचार गरे। तिनले इस्राएलीहरूका बालकहरूलाई मरून् भनेर जन्‍मनासाथ जबरजस्‍ती घरदेखि बाहिर फाल्‍न लाउँथे। “त्‍यसै समयमा मोशाको जन्‍म भयो। उनलाई परमेश्‍वरले मन पराउनुभएको थियो। उनका आमा-बुबाले उनलाई तीन महिनासम्‍म घरमै लुकाएर पाले। तर पछि लुकाउन नसकेर घरबाहिर राख्‍दा फारोकी छोरीले उनलाई लगेर आफ्‍नै छोरो बनाएर पालिन्। उनले पढेर मिश्रीहरूको सबै ज्ञान पाए। उनी बोलचाल र कामकाजमा सिपालु हुँदै गए। “जब मोशा चालीस वर्ष पुगे, उनले आफ्‍ना इस्राएली जातिलाई भेट्‍ने इच्‍छा गरे। एक दिन उनले एउटा मिश्रीले एउटा इस्राएलीलाई पिटिरहेको देखे। उनले त्‍यस इस्राएलीको रक्षा गरे र बदला लिएर मिश्रीलाई मारे। परमेश्‍वरले मोशाद्वारा नै इस्राएलीहरूलाई छुट्‍कारा दिन लाग्‍नुभएको छ भनी आफ्‍नै मानिसहरूले बुझ्‍लान् भन्‍ने मोशाले सोचेका थिए। तर तिनीहरूले यो कुरा बुझेनन्। “भोलिपल्‍ट मोशाले दुई जना इस्राएली नै कुटाकुट गरिरहेका देखे। तिनीहरूलाई मिलाउने कोसिस गर्दै उनले भने, ‘तिमीहरू दाजुभाइ भएर पनि किन यसरी आपसमा झगडा गर्छौ?’ तर हेप्‍ने इस्राएलीले मोशालाई एकातिर घचेट्दै भन्‍यो, ‘कसले तँलाई हामीमाथि राजा र न्‍यायाधीश बनाएर पठायो? हिजो त्‍यस मिश्रीलाई मारेजस्‍तै के मलाई पनि मार्न खोज्‍छस्?’ यस्‍तो कुरा सुनेपछि मोशा मिश्रदेशबाट भागे। उनी मिद्यान भन्‍ने देशमा बसोबास गर्न लागे। त्‍यहाँ रहँदा-बस्‍दा उनका दुईटा छोरा भए।

शेयर गर्नुहोस्
प्रेरित 7 पढ्नुहोस्