YouVersion लोगो
खोज आइकन

प्रेरित 5:28-32

प्रेरित 5:28-32 सरल नेपाली

“हामीले तिमीहरूलाई येशूको नाउँमा फेरि कसैलाई केही नभन्‍नू भन्‍ने आज्ञा दिएका थियौं, हो कि होइन? ल हेर, तिमीहरूले त आफ्‍नो शिक्षा यरूशलेमभरि फिँजाएछौ। अझ तिमीहरूले त्‍यस येशूलाई मारेको दोष हामीलाई पो लगाउने निधो गर्दै रहेछौ!” पत्रुस र अरू प्रेरितहरूले जवाफ दिए, “मानिसले भनेको होइन, तर परमेश्‍वरले भन्‍नुभएको हामीले मान्‍नुपर्छ। तपाईंहरूले क्रूसमा किला ठोकी मार्नुभएको येशूलाई हाम्रा पिता-पुर्खाका परमेश्‍वरले फेरि बिउँताउनुभएको छ। इस्राएलीहरूले पश्‍चात्ताप गरी पापबाट क्षमा पाऊन् भनेर परमेश्‍वरले येशूलाई मुक्ति दिनुहुने राजा तुल्‍याएर आफ्‍नो दाहिनेपट्टिको आदरको ठाउँसम्‍म बसाउनुभयो। हामी यसको साक्षी छौं र परमेश्‍वरले आफ्‍ना आज्ञापालन गर्नेहरूलाई दिनुभएको पवित्र आत्‍माले पनि साक्षी दिँदै हुनुहुन्‍छ।”

प्रेरित 5 पढ्नुहोस्

प्रेरित 5:28-32 को लागि भिडियो