YouVersion लोगो
खोज आइकन

प्रेरित 5:28-32

प्रेरित 5:28-32 NNRV

“हामीले तिमीहरूलाई यस नाउँमा केही शिक्षा नदिने कड़ा आज्ञा दिएका थियौं, तर तिमीहरूले आफ्‍ना शिक्षाले सारा यरूशलेम भरिसक्‍यौ, र त्‍यस मानिसका रक्तपातको दोष हामीमाथि ल्‍याउन चाहन्‍छौ।” तर पत्रुस र प्रेरितहरूले भने, “हामीले मानिसहरूको होइन तर परमेश्‍वरको आज्ञा पालन गर्नैपर्छ। हाम्रा पिता-पुर्खाका परमेश्‍वरले येशूलाई मृतकबाट जीवित पार्नुभयो, जसलाई तपाईंहरूले काठमा टाँगेर मार्नुभएको थियो। परमेश्‍वरले इस्राएलको पश्‍चात्तापको लागि र तिनीहरूका पापहरूको क्षमा दिन उहाँलाई राजा र मुक्तिदाता तुल्‍याईकन आफ्‍नो दाहिने बाहुलीले उच्‍च पार्नुभयो। यी सबै कुराका हामी साक्षी छौं, र त्‍यस्‍तै गरी पवित्र आत्‍मा पनि, जसलाई परमेश्‍वरले आफ्‍ना आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ।”

प्रेरित 5:28-32 को लागि भिडियो