प्रेरित 5:28-32
प्रेरित 5:28-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हामीले तिमीहरूलाई यस नाउँमा केही शिक्षा नदिने कड़ा आज्ञा दिएका थियौं, तर तिमीहरूले आफ्ना शिक्षाले सारा यरूशलेम भरिसक्यौ, र त्यस मानिसका रक्तपातको दोष हामीमाथि ल्याउन चाहन्छौ।” तर पत्रुस र प्रेरितहरूले भने, “हामीले मानिसहरूको होइन तर परमेश्वरको आज्ञा पालन गर्नैपर्छ। हाम्रा पिता-पुर्खाका परमेश्वरले येशूलाई मृतकबाट जीवित पार्नुभयो, जसलाई तपाईंहरूले काठमा टाँगेर मार्नुभएको थियो। परमेश्वरले इस्राएलको पश्चात्तापको लागि र तिनीहरूका पापहरूको क्षमा दिन उहाँलाई राजा र मुक्तिदाता तुल्याईकन आफ्नो दाहिने बाहुलीले उच्च पार्नुभयो। यी सबै कुराका हामी साक्षी छौं, र त्यस्तै गरी पवित्र आत्मा पनि, जसलाई परमेश्वरले आफ्ना आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ।”
प्रेरित 5:28-32 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
प्रधान पुजारीले भने, “यस नाममा नसिकाउनू भनेर हामीले तिमीहरूलाई कडा आदेश दिएका थियौँ। तैपनि तिमीहरूले यसै नाममा आफ्नो शिक्षाले सारा यरूशलेम भरिदिएका छौ। अनि यस मानिसको रगतको दोषी हामीलाई बनाउन तम्सिएका छौ।” पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए: “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञाको पालन गर्नैपर्छ! हाम्रा पुर्खाहरूका परमेश्वरले येशूलाई मृतकबाट जीवित पार्नुभयो, जसलाई तपाईंहरूले क्रूसमा झुण्ड्याएर मार्नुभएको थियो। इस्राएलले पश्चात्ताप गरोस् र पापको क्षमादान उहाँबाट होस् भनेर परमेश्वरले आफ्नो दाहिने हातपट्टि उच्च स्थानमा उहाँलाई राजकुमार र उद्धारकर्ताको रूपमा राख्नुभयो। हामी ती कुराका साक्षी छौँ, र त्यसै गरी परमेश्वरको आज्ञापालन गर्नेहरूलाई उहाँले दिनुभएको पवित्र आत्मा पनि साक्षी हुनुहुन्छ।”
प्रेरित 5:28-32 पवित्र बाइबल (NERV)
उनले भने, “यस मानिसको विषयमा मानिसहरूलाई कहिले पनि केही नसिकाउनु भनी हामीले तिमीहरूलाई कडा आदेस दिएका थियौं। तर हेर, तिमीहरूले के गरेकाछौं! तिमीहरूले यरूशलेम नै तिमीहरूको शिक्षाले भरिदियौ। तिमीहरूले यस मानिसको मृत्युको जिम्मेवार हामीलाई ठहर्याउन कोशिश गरिरहेछौ।” पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूलाई भन्दा परमेश्वरलाई मान्नु पर्छ। तिमीहरूले येशूलाई मार्यौ। तिमीहरूले उहाँलाई क्रूसमा झुण्ड्यायौ। तर परमेश्वरले जो हाम्रा पुर्खाहरूका परमेश्वर हुनहुन्छ उहाँलाई मृत्युबाट बौराउनु भयो। येशूलाई परमेश्वरले अगुवा अनि मुक्ति दाताको रुपमा आफ्ना दाहिने तर्फ उठाउनु भयो। परमेश्वरले यसो गर्नुभयो ताकि सबै यहूदीहरूले आफ्ना हृदय र जीवन परिवर्तन गर्न सकुन् अनि पापहरूका निम्ति उहाँबाट क्षमा प्राप्त गर्न सकुन्। हामी यी कुराका गवाही छौ। अनि पवित्र आत्मा पनि जो परमश्वरले तिनीहरूलाई दिनुभएको थियो जसले उहाँको आज्ञा पालन गरे, यी कुराहरूको लागि गवाही छन्।”
प्रेरित 5:28-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“हामीले तिमीहरूलाई येशूको नाउँमा फेरि कसैलाई केही नभन्नू भन्ने आज्ञा दिएका थियौं, हो कि होइन? ल हेर, तिमीहरूले त आफ्नो शिक्षा यरूशलेमभरि फिँजाएछौ। अझ तिमीहरूले त्यस येशूलाई मारेको दोष हामीलाई पो लगाउने निधो गर्दै रहेछौ!” पत्रुस र अरू प्रेरितहरूले जवाफ दिए, “मानिसले भनेको होइन, तर परमेश्वरले भन्नुभएको हामीले मान्नुपर्छ। तपाईंहरूले क्रूसमा किला ठोकी मार्नुभएको येशूलाई हाम्रा पिता-पुर्खाका परमेश्वरले फेरि बिउँताउनुभएको छ। इस्राएलीहरूले पश्चात्ताप गरी पापबाट क्षमा पाऊन् भनेर परमेश्वरले येशूलाई मुक्ति दिनुहुने राजा तुल्याएर आफ्नो दाहिनेपट्टिको आदरको ठाउँसम्म बसाउनुभयो। हामी यसको साक्षी छौं र परमेश्वरले आफ्ना आज्ञापालन गर्नेहरूलाई दिनुभएको पवित्र आत्माले पनि साक्षी दिँदै हुनुहुन्छ।”