YouVersion लोगो
खोज आइकन

प्रेरित 27:20-25

प्रेरित 27:20-25 सरल नेपाली

धेरै दिनसम्‍म हामीले न घाम देख्‍यौं नता तारा नै देख्‍यौं। आँधी जोडले चलिरहेको थियो र आखिरमा बाँचौंला भन्‍ने हाम्रो आशा पनि हरायो। मानिसहरूले खाना नखाएको धेरै दिन भइसकेको थियो। पावलले सबैका अघि उभिएर भने, “दाजुभाइहरू हो, तपाईंहरूले मेरा कुरा सुनिदिनुपर्थ्‍यो र क्रेटबाट हिँड्‍नुहुँदैनथ्‍यो। त्‍यस बेला मैले भनेको कुरा सुनिदिएको भए नता यस्‍तो दु:ख पाइन्‍थ्‍यो नता कुनै चीजबीचको नाश नै हुनेथियो। तर अब म बिन्‍ती गर्छु– हरेस नखानुहोस्, कसैले पनि आफ्‍नो ज्‍यान गुमाउनुपर्नेछैन, खालि जहाज मात्रै नाश हुनेछ। म परमेश्‍वरको मानिस हुँ र उहाँकै सेवा गर्दै छु। उहाँकै एउटा दूतले आज राती मेरो छेउमा आएर भने, ‘ए पावल, नडराऊ, तिमीले रोमी महाराजाको सामुन्‍ने जानैपर्छ र तिम्रै कारणले गर्दा परमेश्‍वरले तिमीसँग जाने सबैको रक्षा गर्नुहुनेछ’। यसकारण मेरा दाजुभाइहरू हो, हताश नहुनुहोस् किनभने परमेश्‍वरले भन्‍नुभएको त्‍यो कुरा अवश्‍य पूरा हुनेछ भन्‍ने विश्‍वास मैले राखेको छु।

प्रेरित 27 पढ्नुहोस्

प्रेरित 27:20-25 को लागि भिडियो