YouVersion लोगो
खोज आइकन

प्रेरित 27:20-25

प्रेरित 27:20-25 NNRV

धेरै दिनसम्‍म घाम, तारा केही देख्‍न पाइएन। तूफान लगातार चलिरहेकोले अन्‍त्‍यमा बाँच्‍ने आशासमेत हामीले त्‍यागिदियौं। धेरै दिनसम्‍म तिनीहरू नखाई बसेका थिए। तब पावलले तिनीहरूकहाँ आएर भने, “मित्र हो, तपाईंहरूले मेरो सल्‍लाह मानेर क्रेटबाट जहाज नचलाउनुपर्ने थियो, र यस्‍तो सङ्कष्‍ट र हानि तपाईंहरूले खप्‍नुपर्ने थिएन। अब म भन्‍दछु, साहस गर्नुहोस्‌। तपाईंहरूमध्‍ये कसैको ज्‍यान जानेछैन, तर जहाजचाहिँ नष्‍ट हुनेछ। किनभने जुन परमेश्‍वरको म हुँ, र जसको आराधना म गर्दछु, उहाँका एक दूत आज राती मेरो छेउमा खड़ा भए। उनले मलाई भने, ‘पावल, नडराऊ, तिमी कैसरको सामु अवश्‍य खड़ा हुनुपर्छ, र हेर, तिमीसँग जहाजमा चढ्‌ने जति सबैका प्राण परमेश्‍वरले तिम्रो हातमा दिनुभएको छ।’ यसकारण मित्र हो, साहस गर्नुहोस्‌। म परमेश्‍वरमा विश्‍वास गर्छु, मलाई जस्‍तो बताइएको छ, ठीक त्‍यस्‍तै हुनेछ।

प्रेरित 27:20-25 को लागि भिडियो