YouVersion लोगो
खोज आइकन

२ राजा 25:4-12

२ राजा 25:4-12 सरल नेपाली

त्‍यही बेला सहरको पर्खाल भत्‍काएर बेबिलोनीहरूले सहरलाई घेरामा राखेकै बेलामा सारा सेना राती राजाको बगैँचानिरका दुई पर्खालको बीचको मूल-ढोकाबाट भागे। तिनीहरू अराबातिर भागे; तर बेबिलोनी सेनाले सिदकियाह राजालाई खेदे र उनलाई यरीहोको छेउको मैदानमा पक्रे। उनका सिपाहीहरू उनलाई छोडेर भागे। सिदकियाहलाई नबूकदनेसर राजाको अघि लगे, उनी त्‍यस बेला रिब्‍ला सहरमा थिए। त्‍यहाँ उनले सिदकियाहलाई दण्‍डको आज्ञा गरे। सिदकियाहले हेर्दाहेर्दै उनका छोराहरू मारिए। त्‍यसपछि नबूकदनेसरले उनका आँखा निकालिदिए र उनलाई साङ्लाले बाँधेर बेबिलोनमा लगे। नबूकदनेसर राजा भएको उन्‍नाईसौं वर्षको पाँचौँ महिनाको सातौँ दिन राजाका सल्‍लाहकार र फौजका सेनापति नबूजरदान यरूशलेममा आए। तिनले यरूशलेमका मन्‍दिर, राजमहल र सबै ठूला-ठालुहरूका घर जलाएर भस्‍म पारिदिए। तिनका सिपाहीहरूले सहरका पर्खाल भत्‍काइदिए। त्‍यसपछि नबूजरदानले सहरमा बाँकी रहेका मानिसहरू, सिपालु कारिगरहरू, आफ्‍ना राजालाई त्‍यागेर बेबिलोनीहरूका पछि लागेकाहरू सबैलाई बेबिलोनमा लगे। तर सबैभन्दा गरीब मानिसहरू, जसका केही धन-सम्‍पत्ति थिएन, तिनीहरूलाई यहूदामा नै छोडिराखे र दाखबारी र खेतबारीमा काम गर्न लाए।

२ राजा 25 पढ्नुहोस्