२ राजा 25
25
यरूशलेमको पतन
(२ इतिहास ३६:१३-२१; यर्मिया ५२:३-११)
1 #
यर्मिया 21:1-10; 34:1-5; इजकिएल 24:2 सिदकियाहले बेबिलोनका राजा नबूकदनेसरको विरुद्धमा विद्रोह गरे। नबूकदनेसरले आफ्ना सारा सेना लिएर आए र सिदकियाहको राज्यकालको नवौँ वर्षको दशौँ महिनाको दशौँ दिनमा यरूशलेममाथि हमला गरे। तिनीहरूले सहरको बाहिरपट्टि छाउनी हाले, चारैपट्टि पर्खाल लाएर घेरा हालिराखे 2अनि सिदकियाहको शासनको एघारौँ वर्षसम्म घेरा हालिराखे। 3त्यस वर्षको चौथो महिनाको नवौँ दिन घोर अनिकाल परेकोले मानिसहरूसित केही खानेकुरा थिएन, 4#इजकिएल 33:21त्यही बेला सहरको पर्खाल भत्काएर बेबिलोनीहरूले सहरलाई घेरामा राखेकै बेलामा सारा सेना राती राजाको बगैँचानिरका दुई पर्खालको बीचको मूल-ढोकाबाट भागे। तिनीहरू अराबातिर भागे; 5तर बेबिलोनी सेनाले सिदकियाह राजालाई खेदे र उनलाई यरीहोको छेउको मैदानमा पक्रे। उनका सिपाहीहरू उनलाई छोडेर भागे। 6सिदकियाहलाई नबूकदनेसर राजाको अघि लगे, उनी त्यस बेला रिब्ला सहरमा थिए। त्यहाँ उनले सिदकियाहलाई दण्डको आज्ञा गरे। 7#इजकिएल 12:13सिदकियाहले हेर्दाहेर्दै उनका छोराहरू मारिए। त्यसपछि नबूकदनेसरले उनका आँखा निकालिदिए र उनलाई साङ्लाले बाँधेर बेबिलोनमा लगे।
मन्दिर भत्काइएको
(यर्मिया ५२:१२-२३)
8नबूकदनेसर राजा भएको उन्नाईसौं वर्षको पाँचौँ महिनाको सातौँ दिन राजाका सल्लाहकार र फौजका सेनापति नबूजरदान यरूशलेममा आए। 9#१ राजा 9:8तिनले यरूशलेमका मन्दिर, राजमहल र सबै ठूला-ठालुहरूका घर जलाएर भस्म पारिदिए। 10तिनका सिपाहीहरूले सहरका पर्खाल भत्काइदिए। 11त्यसपछि नबूजरदानले सहरमा बाँकी रहेका मानिसहरू, सिपालु कारिगरहरू, आफ्ना राजालाई त्यागेर बेबिलोनीहरूका पछि लागेकाहरू सबैलाई बेबिलोनमा लगे। 12तर सबैभन्दा गरीब मानिसहरू, जसका केही धन-सम्पत्ति थिएन, तिनीहरूलाई यहूदामा नै छोडिराखे र दाखबारी र खेतबारीमा काम गर्न लाए।
13 #
१ राजा 7:15-26; २ इतिहास 3:15-17;
१ राजा 7:23-26; २ इतिहास 4:2-5 बेबिलोनीहरूले मन्दिरमा भएका काँसाका खामा र गाडाहरू, काँसाको ठूलो पानी ट्याङ्की पनि टुक्रा-टुक्रा पारे र सम्पूर्ण काँसा बेबिलोनमा लगे। 14#१ राजा 7:45; २ इतिहास 4:16तिनीहरूले वेदी सफा गर्दा चलाउने बेल्चा र खरानीका पात्रहरू, दियो ठीक गर्ने औजारहरू, बलि गर्दा रगत थाप्ने भाँडाहरू, धूप-दानीहरू र मन्दिरको सेवामा चलाइने अरू सबै काँसाका चीजबीजहरू पनि लगे। 15सुन र चाँदीले बनेका हरथोक, आगो बोक्ने स-साना कचौरा र ताप्केसमेत तिनीहरूले लगे। 16सोलोमन राजाले मन्दिरको निम्ति बनाएका काँसाका दुई वटा खामाहरू, भाँडाहरू र ठूलो ट्याङ्की अति गह्रौँ थिए र त्यसको तौल लिन सकिँदैनथ्यो। 17दुई वटा खामाहरू एकै किसिमका थिए, प्रत्येक ८ मिटर अग्लो थियो र टुप्पोमा १.३ मिटर उच्च काँसाको शीर्ष राखिएको थियो। प्रत्येक शीर्ष चारैतिर काँसाले बनेका दारीमहरूले सिङ्गारेको काँसाकै जाली थियो।
यहूदाका मानिसहरू बेबिलोनमा लगिएका
(यर्मिया ५२:२४-२७)
18तीबाहेक नबूजरदान सेनापतिले मुख्य पूजाहारी सरायाह, दोस्रो पूजाहारी सपन्याह र मन्दिरका अरू तीन मुख्य अधिकारीहरूलाई कैद गरी लगे। 19सहरबाट उनले फौजका जिम्मा लिएका कप्तान, फौजी कागजपत्र राख्ने उनको सहायक, बाँकी रहेका पाँच जना राजाका सल्लाहकारहरू र अरू साठी जना ठूला-ठालुहरूलाई लगे। 20नबूजरदानले तिनीहरूलाई बेबिलोनका राजाकहाँ लगे। राजा त्यस बेला 21हमात देशको रिब्ला सहरमा थिए। उनले त्यहाँ तिनीहरूलाई कोर्रा लाएर मारे।
यसरी यहूदाका मानिसहरू आफ्नो देशबाट कैदमा लगिए।
यहूदाका बडा-हाकिम गदल्याह
(यर्मिया ४०:७-९; ४१:१-३)
22 #
यर्मिया 40:7-9
बेबिलोनका राजा नबूकदनेसरले अहीकामको छोरो शापानको नाति गदल्याहलाई यहूदाका बडा-हाकिम खटाए र बेबिलोनमा नलगिएका मानिसहरूको जिम्मा दिए। 23अझसम्म समर्पण नहुने यहूदाका अधिकृत र सिपाहीहरू त्यो कुरा सुनेर मिस्पामा गई गदल्याहपट्टि लागे। ती अधिकृतहरू नतन्याहको छोरो इश्माएल, कारेहको छोरो योहानान, नतोपाती नगरका तन्हूमेतको छोरो सरायाह र माका सहरका याजन्याह थिए। 24गदल्याहले तिनीहरूलाई भने, “म तिमीहरूलाई वचन दिन्छु कि तिमीहरूले बेबिलोनका अधिकारीहरूको डर मान्ने जरुरत छैन। यस देशमा बास गर, बेबिलोनका राजाको सेवा गर र तिमीहरूको भलो नै हुनेछ।”
25 #
यर्मिया 41:1-3
तर त्यही वर्षको सातौँ महिनामा नतन्याहको छोरो, राज परिवारका एलीशामाको नाति इश्माएल आफूसँग अरू दश जनालाई लिएर मिस्पामा गए र गदल्याहलाई आक्रमण गरेर मारे। तिनले गदल्याहसँग त्यहाँ भएका इस्राएली र बेबिलोनीहरूलाई पनि मारे। 26#यर्मिया 43:5-7त्यसपछि सबै इस्राएलीहरू, धनी र गरीब सबै फौजका अधिकृतहरूका साथमा हिंडे र मिश्रमा गए किनभने तिनीहरूलाई बेबिलोनीहरूको डर थियो।
कैदबाट यहोयाकीनको छुटकारा
(यर्मिया ५२:३१-३४)
27एबील-मरोदक बेबिलोनका राजा भएको वर्ष उनले यहूदाका राजा यहोयाकीनमाथि दया देखाए र उनलाई कैदबाट छोडिदिए। यहोयाकीन कैदमा लगिएको सैँतीसौँ वर्षको बाह्रौँ महिनाको सत्ताईसौँ दिनमा उनी कैदबाट छोडिदिए। 28एबील-मरोदकले उनीसित दयालु व्यवहार गरे र उनीजस्तै बेबिलोनमा कैदी भई बसेका अन्य राजाहरूलाई भन्दा उनलाई ज्यादा आदरको स्थान दिए। 29यसरी यहोयाकीनले कैदको वस्त्र फुकाल्ने र बाँकी जीवनभरि राजाको टेबिलमा भोजन गर्ने अनुमति पाए। 30उनको जीवनभरि प्रत्येक दिन उनको आवश्यकताअनुसार उनले दैनिक भत्ता पाउँथे।
अहिले सेलेक्ट गरिएको:
२ राजा 25: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.