YouVersion लोगो
खोज आइकन

२ राजाहरू 25:4-12

२ राजाहरू 25:4-12 NNRV

त्‍यही बेला सहरको पर्खाल भत्‍काएर बेबिलोनीहरूले सहरलाई घेरामा राखेकैमा सारा सेना राजाको बगैँचानेरका दुई पर्खालका बीचको ढोकाबाट राती भागे। तिनीहरू अराबातिर भागे, तर बेबिलोनी सेनाले राजालाई खेदे र तिनलाई यरीहोको मैदानमा फेला पारे। तिनका सबै सिपाहीहरू तिनीबाट अलग भएर तितरबितर भए। अनि तिनी पक्राउ परे। तिनी रिब्‍लामा बेबिलोनका राजाकहाँ ल्‍याइए, जहाँ तिनलाई सजायको फैसला भयो। उनीहरूले सिदकियाहका छोराहरूलाई तिनकै नजरको सामुन्‍ने मारे। त्‍यसपछि उनीहरूले आँखा फुटाइदिए, र तिनलाई काँसाको साङ्‌लाले बाँधेर बेबिलोनमा लगे। बेबिलोनका राजा नबूकदनेसरको उन्‍नाईसौँ वर्षको पाँचौँ महिनाको सातौँ दिनमा राजकीय अङ्गरक्षकहरूका सेनापति नबूजरदान, बेबिलोनका राजाका एक अधिकारी यरूशलेममा आए। उनले परमप्रभुको मन्‍दिर र राजमहल र सहरका सबै घरहरूमा आगो लगाइदिए। सबै मुख्‍य-मुख्‍य भवनहरूलाई उनले जलाइदिए। राजकीय अङ्गरक्षकहरूका सेनापतिको नेतृत्‍वमुनि सारा बेबिलोनी सेनाले यरूशलेमको वरिपरिका पर्खाल भत्‍काइदिए। सेनापति नबूजरदानले सहरमा बाँकी रहेकाहरू र बाँकी रहेका अरू मानिसहरूलाई र बेबिलोनका राजाकहाँ गएकाहरूलाई निर्वासनमा लगे। तर ती सेनापतिले दाखबारी र खेतको काम गर्नका निम्‍ति अति दरिद्र मानिसहरूमा केही जनालाई त्‍यहाँ छोड़े।