YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 5:9-11

२ कोरिन्थी 5:9-11 सरल नेपाली

हामी यस शरीरको डेरामा हौं वा आत्‍मिक शरीरमा हौं, खालि उहाँलाई मनपर्ने काम गर्न चाहन्‍छौं किनभने हामीहरू सबै एक दिन न्‍यायको लागि ख्रीष्‍टको सामुन्‍ने खडा हुनुपर्छ। सबैले यस जीवनमा राम्रो र नराम्रो, जेजस्‍तो काम गरेका छन्, त्‍यसैअनुसारको फल पाउनेछन्। परमेश्‍वरको डर मान्‍नु के हो, सो जानेर हामी अरूहरूलाई पनि यसैतर्फ कर लाउँछौं। परमेश्‍वरले हामीलाई राम्ररी चिन्‍नुहुन्‍छ र तिमीहरूका अघि मेरो पनि जीवन खुलस्‍त छ भनी म आशा राख्‍छु।

२ कोरिन्थी 5 पढ्नुहोस्