YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 5:9-11

२ कोरिन्थी 5:9-11 NNRV

यसैकारण चाहे हामी शरीरमै होऔं, चाहे अलग रहौं, उहाँलाई प्रसन्‍न तुल्‍याउनु नै हाम्रो लक्ष्य हुन्‍छ। किनकि हामी सबै ख्रीष्‍टका न्‍याय-आसनको सामुन्‍ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ। यसकारण प्रभुको भय थाहा गरेर हामी मानिसहरूलाई मनाउँछौं। तर हामी जे छौं परमेश्‍वरले जान्‍नुहुन्‍छ, र म आशा गर्दछु, त्‍यो तिमीहरूका विवेकमा पनि प्रष्‍टै होला।