YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 4:7-18

२ कोरिन्थी 4:7-18 सरल नेपाली

यस्‍तो बहुमूल्य धन हामीजस्‍तो माटाको भाँडामा राखिएको कारणचाहिँ सबै शक्ति सर्वोच्‍च परमेश्‍वरकै हातमा छ भनी देखाउन हो, हामीसँग कुनै शक्ति छैन। हामी घरीघरी चारैतिरबाट थिचो-मिचोमा पर्छौं, तर पनि धुलो-पिठो त भएका छैनौं। अन्‍योलमा परे पनि निराशचाहिँ भएका छैनौं। हामीलाई धेरै सताएको भए पनि हामी त्‍यागिएका छैनौं। हामीले बेसरी चुटाइ खाएर ढले पनि मरेका त छैनौं। येशूको जीवन हाम्रा शरीरमा चम्‍काउन येशूको मृत्‍यु सधैँ हाम्रै शरीरमा बोक्‍छौं। हाम्रो यो मर्ने शरीरमा येशूको जीवन देखा परोस् भनेर नै हामी सधैँ उहाँकै निम्‍ति मृत्‍युको मुखमा परिरहन्‍छौं। यसरी हामीहरूमा मृत्‍युले काम गरेको छ, त्‍यसरी नै तिमीहरूमा चाहिँ जीवनले काम गरिरहेको छ। “विश्‍वास गरेको छु, त्‍यसैकारण म बोल्‍छु,” भनी धर्मशास्‍त्रमा लेख्‍ने मानिसमा विश्‍वास गर्ने आत्‍मा भएझैँ हामीमा पनि विश्‍वास गर्ने आत्‍मा छ। त्‍यसकारण हामी विश्‍वास गर्छौं र नै बोल्‍छौं। हामीलाई थाहा छ, परमेश्‍वरले नै येशूलाई मरेकोबाट बिउँताउनुभयो। उही परमेश्‍वरले हामीलाई पनि येशूसँगै बिउँताएर तिमी र हामी सबैलाई आफूकहाँ लैजानुहुनेछ। यी सबै कुरा तिमीहरूकै लागि भएका हुन् किनभने जति धेरै मानिसहरूले परमेश्‍वरको अनुग्रह पाउँछन्, उति धेरै तिनीहरूले परमेश्‍वरको सम्‍मान्‌का लागि परमेश्‍वरलाई धन्‍यवाद दिनेछन्। यसैकारण हामी कहिले पनि हरेस खाँदैनौं। हामी शरीरमा खिइँदैगए पनि हाम्रो भित्री आत्‍माचाहिँ दिनदिनै नयाँ हुँदैगइरहेको छ। हामीले अहिले भोगेको दु:ख पछि पाउने अति ठूलो अनन्‍तको सुख सम्‍झेर त साँच्‍चै केही पनि होइन। देखिएका चीजहरूका लागि होइन तर नदेखिएका चीजहरूका लागि हामी ध्‍यान दिन्‍छौं। जे देखिन्‍छ, त्‍यो केही समयको लागि हुन्‍छ तर जे देखिंदैन, त्‍यो सदाको लागि हुन्‍छ।

२ कोरिन्थी 4 पढ्नुहोस्