YouVersion लोगो
खोज आइकन

२ इतिहास 32:9-15

२ इतिहास 32:9-15 सरल नेपाली

केही समयपछि सनहेरीब र तिनका सेना लाकीशमै हुँदा हिजकिया र तिनीसित यरूशलेममा भएका यहूदावासीहरूलाई सनहेरीबले यस्‍तो खबर पठाए: “म अश्‍शूरका महाराजा, सनहेरीब यो प्रश्‍न गर्दछु कि के कुराको भरोसामा तिमीहरू घेरामा परेका यरूशलेममा बस्‍न साहस गर्दछौ? परमप्रभु तिम्रा परमेश्‍वरले हाम्रा शक्तिबाट तिमीहरूलाई बचाउनेछन् भनी हिजकियाले भन्‍छन् होला; तर हिजकियाले तिमीहरूलाई छल्‍दै छन् र भोक र तिर्खाले मर्न लाउनेछन्। परमप्रभुको आराधना-स्‍थल र वेदीहरू नाश गर्ने अनि यहूदा र यरूशलेमका मानिसहरूलाई खालि एउटै वेदीमा मात्र आराधना गर्नू र धूप जलाउनू भन्‍ने उनी नै हुन्। म र मेरा पिता-पुर्खाले अरू जातिका मानिसहरूलाई के गरे, के त्‍यो तिमीहरू जान्‍दैनौ? के अरू कुनै जातिका देवताले ती मानिसहरूलाई अश्‍शूरका महाराजाका हातबाट बचाए? के ती सारा देशका कुनै देवताहरूले कहिल्‍यै हाम्रा हातबाट तिनीहरूका देश बचाएका थिए? तब तिम्रा परमेश्‍वरले तिमीहरूलाई बचाउनेछन् भनी कसरी सोच्‍दछौ? अब हिजकियाले तिमीहरूलाई त्‍यसरी धोका दिन र गलत बाटोमा लैजानदेखि आफैंलाई जोगाओ। उनका कुरामा पत्‍यार नगर! कुनै जातिका कुनै ईश्‍वरले कहिल्‍यै आफ्‍ना मानिसहरूलाई अश्‍शूरी महाराजाका हातबाट बचाउन सकेका छैनन्। त्‍यही प्रकारले तिम्रा परमेश्‍वरले पनि अवश्‍यै तिमीहरूलाई बचाउन सक्‍नेछैनन्!”

२ इतिहास 32 पढ्नुहोस्