त्यसपछि उनी र उनका सेनाले लाकीशको वरिपरि घेरा हालिरहेको बेलामा अश्शूरका राजा सनहेरीबले यहूदाका राजा हिजकिया र यरूशलेमका सबै यहूदीहरूलाई यो समाचार दिन भनी यरूशलेममा अधिकृतहरू पठाए: “अश्शूरका राजा सनहेरीब यो भन्दछन्: घेरा हालिएको यरूशलेममा बस्न तिमीहरूलाई कहाँबाट यस्तो साहस आयो? जब ‘परमप्रभु तिमीहरूका परमेश्वरले अश्शूरका राजाको हातबाट बचाउनुहुनेछ’ भनी हिजकियाले तिमीहरूलाई भन्छन्, तब तिमीहरू बसेकै ठाउँमा तिमीहरूलाई अनिकाल अथवा तिर्खाले मार्नलाई तिनले तिमीहरूलाई धोखामा पार्दैछन्। के हिजकिया आफैले यी नै ईश्वरका अल्गा-अल्गा ठाउँहरू र वेदीहरू भत्काएर ‘यहूदा र यरूशलेमका मानिसहरूलाई एउटै मात्र वेदीमा पूजा गर्नू र त्यहाँ मात्र बलिदान चढ़ाउनू’ भनी भनेका थिएनन् र? “म र मेरा पुर्खाहरूले अरू देश-देशका सबै मानिसहरूलाई के-कसो गर्यौं सो तिमीहरूलाई थाहै छैन? के यी जातिहरूका देवताहरूले मेरो हातबाट यिनीहरूका देशहरू बचाउन सके र? मेरा पुर्खाहरूले सत्यनाश गरेका जातिहरूका देवताहरूमध्ये कसले मेरो हातबाट आफ्ना मानिसहरूलाई बचाउन सक्यो? तब कसरी तिमीहरूका ईश्वरले तिमीहरूलाई बचाउन सक्छन्? तिमीहरूलाई यसरी धोका दिन र भ्रममा पार्न हिजकियालाई मौका नदेओ। तिमीहरू तिनीमाथि विश्वास नगर, किनकि कुनै देवताले आफ्ना मानिसहरूलाई मेरो अथवा मेरा पुर्खाहरूका हातबाट बचाउन सकेको छैन भने, तिमीहरूका ईश्वरले तिमीहरूलाई मेरो हातबाट कसरी बचाउन सक्छन् र?”
२ इतिहास 32 पढ्नुहोस्
सुन्नुहोस् २ इतिहास 32
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ इतिहास 32:9-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू