त्यस रात परमेश्वरले सोलोमनलाई दर्शन दिनुभयो र सोध्नुभयो, “म तँलाई के दिऊँ? तँ के चाहन्छस्?” सोलोमनले उत्तर दिए, “तपाईंले मेरा बुबा दाऊदलाई सधैँ महान् प्रेम देखाउनुभयो र अहिले मलाई उनीपछि राजा हुन दिनुभयो। हे परमप्रभु परमेश्वर! तपाईंले मेरा बुबालाई दिनुभएको प्रतिज्ञा पूरा गर्नुहोस्। तपाईंले मलाई एउटा जातिमाथि राजा बनाउनुभयो, जसको सङ्ख्या यति धेरै छ कि तिनको गन्ती हुन सक्दैन। यसर्थ तिनीहरूमाथि राज्य गर्न चाहिने बुद्धि र ज्ञान मलाई दिनुहोस्। नत्रता मैले कसरी तपाईंको यो महान् जातिमाथि शासन गर्न सकूँला?” परमेश्वरले सोलोमनलाई उत्तर दिनुभयो, “तैँले उचित कुरा मागिस्। धन-सम्पत्ति, सुनाम वा शत्रुको मृत्यु वा आफ्नै लागि दीर्घायु नमागेर तैँले मेरा प्रजा, जसमाथि मैले तँलाई राजा बनाएको छु, तिनीहरूमाथि शासन गर्न ज्ञान र बुद्धि मागिस्। म तँलाई ज्ञान र बुद्धि दिनेछु। यसमाथि म तँलाई धेरै धन-सम्पत्ति र सुनाम दिनेछु, जुन अघि कहिल्यै कुनै राजाले पाएको थिएन न त फेरि कहिल्यै कुनै राजाले पाउनेछ।” यसकारण सोलोमन गिबोनको आराधना-स्थलबाट, जहाँ परमप्रभुले बास गर्नुहुने पवित्र पाल थियो, त्यहाँबाट बिदा भए र यरूशलेममा फर्के। त्यहाँबाट उनले इस्राएलमाथि राज्य गरे।
२ इतिहास 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ इतिहास 1:7-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू