YouVersion लोगो
खोज आइकन

२ इतिहास 1:7-13

२ इतिहास 1:7-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यस रात परमेश्‍वर सोलोमनकहाँ देखा पर्नुभयो र उहाँले तिनलाई भन्‍नुभयो, “म तँलाई के दिऊँ? मलाई भन्‌।” सोलोमनले परमेश्‍वरलाई जवाफ दिए, “तपाईंले मेरा पिता दाऊदलाई महान्‌ र अचूक कृपा देखाउनुभयो, र मलाई उहाँको सट्टामा राजा तुल्‍याउनुभएको छ। अब हे परमप्रभु परमेश्‍वर, तपाईंले मेरा पिता दाऊदलाई दिनुभएको तपाईंको वचन पक्‍का गर्नुहोस्, किनभने पृथ्‍वीको धूलो जतिकै अनगन्‍ती प्रजामाथि तपाईंले मलाई राजा तुल्‍याउनुभएको छ। अब यस प्रजाको अगुवाइ गर्न मलाई बुद्धि र ज्ञान दिनुहोस्, किनभने तपाईंको यो ठूलो प्रजालाई शासन गर्न को सक्‍छ र?” परमेश्‍वरले सोलोमनलाई भन्‍नुभयो, “तेरो इच्‍छा यही भएको हुनाले, र तैंले धन-सम्‍पत्ति अथवा अधिकार वा मानमर्यादा वा आफ्‍ना शत्रुहरूको प्राण वा आफ्‍नो निम्‍ति दीर्घायु नमागेको तर मैले तँलाई राजा तुल्‍याएको यस प्रजामाथि शासन गर्ने बुद्धि र ज्ञान तैंले मागेको हुनाले, बुद्धि र ज्ञान तँलाई दिइनेछन्‌। अनि म तँलाई यस्‍तो धन-सम्‍पत्ति, अधिकार र मानमर्यादा पनि दिनेछु, जो तँभन्‍दा अघिका कुनै राजाले पाएका थिएनन्, अनि पछिका राजाले पनि पाउनेछैनन्‌।” तब सोलोमन गिबोनको अल्‍गो स्‍थानबाट, भेट हुने पालबाट यरूशलेममा आए, र इस्राएलमाथि शासन गर्न लागे।

शेयर गर्नुहोस्
२ इतिहास 1 पढ्नुहोस्

२ इतिहास 1:7-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यही रात परमेश्‍वर सोलोमनकहाँ देखा पर्नुभयो र उहाँले तिनलाई सोध्नुभयो, “तँलाई जे इच्छा लाग्छ माग्, म तँलाई दिनेछु।” सोलोमनले परमेश्‍वरलाई जवाफ दिए, “तपाईंले मेरा पिता दावीदलाई ठूलो दया देखाउनुभएको छ, र मलाई उहाँको सट्टामा राजा बनाउनुभएको छ। अब हे याहवेह परमेश्‍वर, तपाईंले मेरा पिता दावीदसित गर्नुभएको प्रतिज्ञा दृढ गरिदिनुहोस्; किनकि तपाईंले मलाई पृथ्वीको धुलोजत्तिकै संख्या भएका जातिमाथि राजा बनाउनुभएको छ। मलाई बुद्धि र ज्ञान दिनुहोस्, र म यस जातिलाई डोर्‍याउन सकूँ; किनकि तपाईंको यो महान् जातिमाथि शासन गर्ने योग्यता कोसित छ र?” परमेश्‍वरले सोलोमनलाई भन्‍नुभयो, “यो तेरो हृदयको इच्छा भएकोले तैँले धन, सम्पत्ति र सम्मान अथवा न त तेरा शत्रुहरूको मृत्यु मागिस्, न त तैँले दीर्घायु मागिस्, तर मैले तँलाई राजा बनाएको, मेरा जातिमाथि शासन गर्नका निम्ति बुद्धि र ज्ञान मागिस्। यसकारण बुद्धि र ज्ञान तँलाई दिनेछु। म तँलाई तेरो अगि कुनै राजाले पनि नपाएको र तँपछि पनि कसैले नपाउने धन, सम्पत्ति र सम्मान पनि दिनेछु।” तब सोलोमन गिबोनको उच्‍च स्थानबाट भेट हुने पालको सामुबाट यरूशलेममा गए, अनि तिनले इस्राएलमाथि शासन गरे।

शेयर गर्नुहोस्
२ इतिहास 1 पढ्नुहोस्

२ इतिहास 1:7-13 पवित्र बाइबल (NERV)

त्यस रात परमेश्वर सुलेमान कहाँ आउनु भयो। परमेश्वरले भन्नुभयो, “सुलेमान, मैले तँलाई के दिएको तँ चाहन्छस् मलाई भन।” सुलेमानले परमेश्वरलाई भने, “तपाईं मेरा पिता दाऊद प्रति अति दयालु हुनुहुन्थ्यो। तपाईंले मलाई मेरा पिताको स्थानमा नयाँ राजा बन्नका निम्ति चुन्नु भयो। अब हे परमप्रभु परमेश्वर, तपाईंले मेरा पिता दाऊदलाई दिनुभएको वचन राखि दिनुहोस्। तपाईंले मलाई एक अत्यन्त विशाल राष्ट्रका राजा चुन्नु भयो। त्यहाँ यति विघ्न मानिसहरू छन् जस्तै तिनीहरू पृथ्वीका धूलो सरी छन्। अब मलाई बुद्धि र ज्ञान दिनुहोस् जसमा कि म यी मानिसहरूलाई सही ढंङ्गले अगुवाइ गर्न सकूँ। कुनै व्यक्तिले पनि तपाईंको सहायता बिना यी तपाईंका महान मानिसहरूमाथि शासन गर्न सक्तैन।” परमेश्वरले सुलेमानलाई भन्नुभयो, “तेरो ढाँचा ठीक छ। तैंले धन-सम्पत्तिका निम्ति वा सम्मानको माग गरिनस्। तैंले तेरा शत्रुहरू मारियोस् भन्ने याचना गरिनस् अनि तैंले लामो जीवनको माग गरिनस्। अँहँ तैंले ती कुराहरूका माग गरिनस्। तैंले बुद्धि अनि ज्ञानको याचना गरिस् जसमा कि तैंले मेरो मानिसहरूको निम्ति बुद्धिमानी पूर्वक निर्णय लिन सक्छस् ती मानिसहरू जो माथि शासन गर्न मैले तँलाई चुनें। यसर्थ म तँलाई बुद्धि र ज्ञान दिनेछु। तर म तँलाई धन-सम्पत्ति, अधिकार अनि प्रतिष्ठा पनि दिनेछु। तेरो अघि रहेका कुनै पनि राजासित कहिले पनि यति बिध्न सम्पत्ति अनि प्रतिष्ठा थिएन। अनि भविष्यमा पनि कुनै राजाको यति विघ्नसम्पत्ति अनि प्रतिष्ठा हुने छैन।” त्यसैकारण, सुलेमान गिबोनमा आराधनाको स्थानमा गए। तब सुलेमानले भेट हुने पाल छाडे अनि यरूशलेममा इस्राएलमाथि शासन गर्न फर्किए।

शेयर गर्नुहोस्
२ इतिहास 1 पढ्नुहोस्

२ इतिहास 1:7-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यस रात परमेश्‍वरले सोलोमनलाई दर्शन दिनुभयो र सोध्‍नुभयो, “म तँलाई के दिऊँ? तँ के चाहन्‍छस्?” सोलोमनले उत्तर दिए, “तपाईंले मेरा बुबा दाऊदलाई सधैँ महान् प्रेम देखाउनुभयो र अहिले मलाई उनीपछि राजा हुन दिनुभयो। हे परमप्रभु परमेश्‍वर! तपाईंले मेरा बुबालाई दिनुभएको प्रतिज्ञा पूरा गर्नुहोस्। तपाईंले मलाई एउटा जातिमाथि राजा बनाउनुभयो, जसको सङ्‍ख्‍या यति धेरै छ कि तिनको गन्‍ती हुन सक्‍दैन। यसर्थ तिनीहरूमाथि राज्‍य गर्न चाहिने बुद्धि र ज्ञान मलाई दिनुहोस्। नत्रता मैले कसरी तपाईंको यो महान् जातिमाथि शासन गर्न सकूँला?” परमेश्‍वरले सोलोमनलाई उत्तर दिनुभयो, “तैँले उचित कुरा मागिस्। धन-सम्‍पत्ति, सुनाम वा शत्रुको मृत्‍यु वा आफ्‍नै लागि दीर्घायु नमागेर तैँले मेरा प्रजा, जसमाथि मैले तँलाई राजा बनाएको छु, तिनीहरूमाथि शासन गर्न ज्ञान र बुद्धि मागिस्। म तँलाई ज्ञान र बुद्धि दिनेछु। यसमाथि म तँलाई धेरै धन-सम्‍पत्ति र सुनाम दिनेछु, जुन अघि कहिल्‍यै कुनै राजाले पाएको थिएन न त फेरि कहिल्‍यै कुनै राजाले पाउनेछ।” यसकारण सोलोमन गिबोनको आराधना-स्‍थलबाट, जहाँ परमप्रभुले बास गर्नुहुने पवित्र पाल थियो, त्‍यहाँबाट बिदा भए र यरूशलेममा फर्के। त्‍यहाँबाट उनले इस्राएलमाथि राज्‍य गरे।

शेयर गर्नुहोस्
२ इतिहास 1 पढ्नुहोस्