YouVersion लोगो
खोज आइकन

२ इतिहास 1:7-13

२ इतिहास 1:7-13 NNRV

त्‍यस रात परमेश्‍वर सोलोमनकहाँ देखा पर्नुभयो र उहाँले तिनलाई भन्‍नुभयो, “म तँलाई के दिऊँ? मलाई भन्‌।” सोलोमनले परमेश्‍वरलाई जवाफ दिए, “तपाईंले मेरा पिता दाऊदलाई महान्‌ र अचूक कृपा देखाउनुभयो, र मलाई उहाँको सट्टामा राजा तुल्‍याउनुभएको छ। अब हे परमप्रभु परमेश्‍वर, तपाईंले मेरा पिता दाऊदलाई दिनुभएको तपाईंको वचन पक्‍का गर्नुहोस्, किनभने पृथ्‍वीको धूलो जतिकै अनगन्‍ती प्रजामाथि तपाईंले मलाई राजा तुल्‍याउनुभएको छ। अब यस प्रजाको अगुवाइ गर्न मलाई बुद्धि र ज्ञान दिनुहोस्, किनभने तपाईंको यो ठूलो प्रजालाई शासन गर्न को सक्‍छ र?” परमेश्‍वरले सोलोमनलाई भन्‍नुभयो, “तेरो इच्‍छा यही भएको हुनाले, र तैंले धन-सम्‍पत्ति अथवा अधिकार वा मानमर्यादा वा आफ्‍ना शत्रुहरूको प्राण वा आफ्‍नो निम्‍ति दीर्घायु नमागेको तर मैले तँलाई राजा तुल्‍याएको यस प्रजामाथि शासन गर्ने बुद्धि र ज्ञान तैंले मागेको हुनाले, बुद्धि र ज्ञान तँलाई दिइनेछन्‌। अनि म तँलाई यस्‍तो धन-सम्‍पत्ति, अधिकार र मानमर्यादा पनि दिनेछु, जो तँभन्‍दा अघिका कुनै राजाले पाएका थिएनन्, अनि पछिका राजाले पनि पाउनेछैनन्‌।” तब सोलोमन गिबोनको अल्‍गो स्‍थानबाट, भेट हुने पालबाट यरूशलेममा आए, र इस्राएलमाथि शासन गर्न लागे।