दाजुभाइहरू, तिमीहरूका माझमा दिलो ज्यानले प्रभुको काम गर्ने अगुवाहरूलाई र शिक्षा दिनेहरूलाई नभुल। तिनीहरूले गरेका कामको लागि प्रेमले तिनीहरूको ठूलो आदर गर अनि आपसमा मेलमिलाप राख। अल्छीहरूलाई सम्झाओ। हरेस खानेहरूलाई हौसला देओ र कमजोरहरूलाई सहायता गर अनि सबैलाई सहो। तिमीलाई नराम्रो गर्यो भन्दैमा उसलाई नराम्रो नगर। सधैँ एक-अर्कालाई र सबै मानिसहरूलाई राम्रो गर्ने विचार राख। सधैँभरि खुसी होओ। प्रार्थनामा लागिबस। जस्तोसुकै अवस्थामा जे परिआउँछ, ती सबैमा तिमी ख्रीष्टमा धन्यवादी होओ। ख्रीष्टमा भएर तिमीहरूले गर्नुपर्ने परमेश्वरको इच्छा यही हो। पवित्र आत्मालाई ननिभाओ। परमेश्वरका तर्फबाट बोलेको कुरालाई हेला नगर। सबै कुरा राम्ररी जाँच अनि राम्रा कुराहरूचाहिँ राख अनि सबै नराम्रा कुराहरूबाट अलग बस। शान्तिका परमेश्वर आफैंले तिमीहरूलाई पूरा तवरले पवित्र राखून्, हाम्रा प्रभु येशू ख्रीष्ट नआएसम्म तिमीहरूको आत्मा, प्राण र शरीर स्वस्थ, दागबिनाको र निर्दोष होओस्। तिमीहरूलाई बोलाउने परमेश्वर विश्वासी हुनुहुन्छ। उहाँले नै तिमीहरूलाई यी सब कुरा पूरा गरिदिनुहुनेछ। दाजुभाइहरू, हाम्रा लागि पनि प्रार्थना गरिदेओ। त्यहाँ भएका सबै दाजुभाइहरूलाई प्रेमसँग मेरो अभिवादन सुनाइदेओ। सबै दाजुभाइहरूलाई यो पत्र पढेर सुनाओ भन्ने प्रभुमा मेरो आज्ञा छ। हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस्।
१ थेसलोनिकी 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ थेसलोनिकी 5:12-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू